MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

‘दिगो विकासको आधार : विज्ञान प्रविधि र अाविष्कार’

काठमाडौं, असोज १ – आइतबार राष्ट्रिय विज्ञान दिवस मनाइँदैछ । २०७० सालदेखि असोज १ गते लाई विज्ञान दिवसका रुपमा मनाउन थालिएको हो । 

विज्ञान दिवसको अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, हाजिरीजवाफ प्रतियोगिताका विजयी र यस वर्षका लागि विज्ञान दिवसको नारा ‘दिगो विकासको आधार : विज्ञान प्रविधि र अविष्कार’ लेख्ने दुई जनालाई पुरस्कृत गर्नेलगायत सामान्य औपचारिक कार्यक्रम मात्र गर्दैछ । 

विज्ञानको विषयलाई प्राथमिकता र वैज्ञानिक चेतना विकासमा जोड दिनुपर्ने कुरा पटकपटक  उठे पनि सरकारले अझै विज्ञान र वैज्ञानिकका विषयलाई प्राथमिकता दिन सकेको छैन । वैज्ञानिक खोज अनुसन्धानमा लगानी नहुँदा र वैज्ञानिकको संरक्षणका लागि प्रभावकारी कदम नचालिँदा नेपालबाट बर्सेनि बौद्धिक पलायन हुने क्रम बढेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया