MENU

विचार/अनुभूति

ujyaalo forign call inside

तेस्रो चरणको चुनावपछिको संकेत

-प्रकाश ढकाल

काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो । 

आफ्नो मागअनुसार संविधान संशोधन नभई संविधान स्वीकार नगर्ने र कुनै पनि चुनावमा भाग नलिने अडानमा रहेको राजपा संविधान संशोधन हुन नसकेपछि चुनावमा जान राजी भएको हो । ६ वटा दल मिलेर बनेको राजपासमेत सहभागी भएर तेस्रो चरणको चुनाव सम्पन्न भएपछि स्थानीय तहको चुनाव सफल भएको निष्कर्ष निकाल्न सकिन्छ । 

मधेसी दलको सहभागिताको विषयलाई लिएर संविधान जारी भएको दुई वर्षसम्म पनि अनेकौं टिकाटिप्पणी भैरह्यो । उ आफैं पनि चुनावमा जाने कि नजाने भन्नेबारे लामो समय दोधारमा थियो । पार्टीभित्रै चुनावमा जानुपर्ने र जान नहुने दुई धार बनेपछि राजपालाई चुनावमा होमिन समय लागेको हो । 

तर, अब राजपाको समेत सहभागितामा तेस्रो चरणको चुनाव भएसँगै संविधान कार्यान्वयनको कठिन मानिएको खुड्किलो पार भएको छ । मतदान सुरु भएलगत्तै मतदान केन्द्रमा देखिएको उपस्थितिले नागरिक चुनावको लागि कति व्यग्र प्रतिक्षामा रहेछन् भन्ने देखाएको छ । 

दुई नम्बर प्रदेशको चुनावी परिणामलाई निकै चासोपूर्वक हेरिएको छ । दुई नम्बर प्रदेशमा को पहिलो हुने भनेर दलहरुबीच निकै कडा प्रतिस्पर्धा देखिन्छ । ठूला दलहरु प्रतिष्ठाको लडाईंमा छन् भने लामो समय सडक संघर्षमा गएका मधेसी दलहरु पनि आफ्नो प्रभुत्व बढाउने ध्याउन्नमा छन् । 

२ नम्बर प्रदेशको चुनावी परिणामले दलहरुको अहिलेको हैसियत मात्र नभइ भावी संघ र प्रदेशको चुनावी परिणाम पनि संकेत गर्छ । जसले संघ र प्रदेशमा गठन हुने सरकारको बनोटबारे पनि मोटामोटी छनक दिन्छ । आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको प्रतिनिसभा र प्रदेशसभाको चुनावको पूर्व संकेतका रुपमासमेत स्थानीय तहको चुनावलाई लिइएको छ । 

६ वटा प्रदेशको चुनावी परिणाबाट पहिलो बनेको एमाले दुई नम्बर प्रदेशमा समेत पहिलो हुँदै मंसिरको चुनावमा आफ्नो हैसियत देखाउने रणनीतिमा छ । दोस्रो चरणसम्मको चुनावबाट दोस्रो बन्न पुगेको कांग्रेसका लागि दुई नम्बर प्रदेशको परिणाम प्रतिष्ठाको विषय बनेको छ । उसले एकसय ३६ तहमध्ये एक सय हाराहारीमा जितेर पहिलो दलको दर्जा कायमै राख्ने दाबी गर्दै आएको छ । तर दुई नम्बर प्रदेशमा मात्र पहिलो दल बने पनि समग्रमै पहिलो बन्ने कांग्रेसको संभावना निकै कम देखिन्छ । 

रुपान्तरित संसदमा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र दुई चरणको चुनावी परिणाबाट सन्तुष्ट छैन । दुई नम्बर प्रदेशबाट त्यो असन्तुष्टीलाई केही भए पनि कम गर्ने दाउमा माओवादी देखिन्छ । 

चुनावीमा परिणाम जे जस्तो आए पनि तेस्रो चरणको चुनाव सम्पन्न भएसँगै एउटा संवैधानिक र राजनीतिक अध्याय पूरा भएको हुनेछ । जसले संविधान कार्यान्वयन र राजनीतिक स्थायित्वको लागि बलियो टेवा पुग्नेछ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया