MENU

विचार/अनुभूति

Ncell Axiata

संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

सुवास नेम्वाङ –

लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो । 

२०७२ साल असोज ३ गते बेलुका ५ बजे राष्ट्रपतिबाट नेपालको संविधान घोषणा गर्ने कार्यक्रम थियो ।  अन्तिम समयसम्म पनि राष्ट्रपति नआउँदा धेरैले मलाई आशंकाका साथ सोधेका थिए ‘संविधान जारी हुन्छ त ?’

संविधानसभाको अध्यक्षको भूमिकामा रहेको म निश्चित थिएँ संविधान जारी हुने कुरामा । अन्ततः राष्ट्रपति आउनुभयो ढिलै गरेर पनि र नेपालको संविधान जारी भयो । 

त्यो दिन अर्थात असोज ३ गते संविधान त्यसै आएको हैन । संविधान जारी पूर्व निकै चुनौती र अप्ठ्यारा अवस्था आएका थिए । संविधान जारी गर्ने कुरामा दलहरु एकमत थिए । तर उनीहरुका आफ्नै एजेन्डा थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसवादी दलहरु पहिला आफैले सहमति जनाएका विषयमा पनि पछि हटेपछि अझै समस्या भएको थियो । तर म कत्ति पनि डगमगाइन । मेरो दिमाखमा एउटै मात्र कुरा थियो, संविधान जसरी पनि जारी गर्नुपर्छ नत्र नेपालमा जस्तोसुकै परिस्थिति पनि आउन सक्थ्यो । 

गम्छा हलाउँदै सभाध्यक्षको टेबलमा 

कहिले कुन पार्टी कहिले कुन पार्टी पूर्व–पश्चिम, उत्तर–दक्षिण फर्केका हुन्थे । पार्टीसँग निरन्तर रुपमा छलफल गरेर एक ठाउँमा ल्याउने काम निकै चुनौतीपूर्ण थियो । संविधानका विवादित विषयमा प्रश्नावली समिति गठन गर्ने क्रममा माघ ५ गते भएको घटनाले पनि संविधान जारी निकै चुनौतीपूर्ण छ भन्ने कुरालाई प्रमाणित गरेको थियो । नेकपा माओवादी केन्द्रसहितका मधेस केन्द्रित दलका साथीहरु समिति गठन गर्न नहुने पक्षमा हुनुहुथ्यो ।

तर समिति गठन गरेर अघि बढ्नुको बिकल्प मसँग थिएन । त्यसैले मैले प्रश्नावली समिति गठन गर्ने प्रस्ताव अघि बढाउन खोज्दा त्यसलाई रोक्न गम्छा हल्लाउँदै सभाध्यक्षको टेबल अघि आइपुगेका सांसदहरुको अनुहार अहिले पनि मलाई झलझल याद आउँछ । अहिले सम्झिँदा त्यो घटना कस्तो कस्तो लाग्छ । तर संविधान निर्माणका लागि भएका त्यस्ता धेरै घटनालाई अहिले सम्झिँदा मिठै लाग्छ । 

मैले यस्ता कुनै घटना वा कुराको प्रवाह गरिन, निरन्तरको छलफल र संवादबाट सम्भव छ भनेर संवादलाई कहिले पनि छोडिन । अन्ततः दलहरु सहमति आए र संविधान जारी भयो । 

पहिलो संविधानसभामा गोल भएन

संविधान जारी गर्ने सवालमा सबै दलको एकमत थियो, तर अन्तिम समयमा आएर डगमगाएका कारण पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेको कुरामा म जानकार थिए । म फुटबलको फ्यान फुटबलमा नब्बे मिनेट राम्रो खेले पनि गोल गर्न सकिएन भने गेम हारिन्छ, त्यस्तै किसिमले हामीले पहिलो संविधानसभामा राम्रो काम गरेका थियौँ ।

तर संविधान जारी गर्न सकेनौं । त्यस कारणले पहिलो संविधान सभा असफल नै मान्नुपर्छ । तर पनि पहिलो संविधानसभाको उपलब्धीलाई आधार बनाएर नै दोश्रो संविधानसभाले संविधानजारी गरेको हो ।

दोश्रोपल्ट गठन भएको संविधानसभाबाट संविधान जारी भएको दुई वर्ष भइसक्यो । कार्यान्वयन निकै चूनौतिपूर्ण छ अझै । तीनवटा चुनाव सकिइसक्नु पर्ने समयमा पनि हामी बल्ल एउटा चुनाव तीन चरणमा गरेर सकेका छौं । यो निकै दुःख लाग्दो कुरा हो । अरु दुईवटा चुनावमा मंसिरमा गर्ने घोषणा भएको छ ।

विगतमा पटक पटक चुनाव सरेका र सुरुमा मंसिरमा एकै पटक गर्ने भनिएको चुनाव पनि अहिले दुई चरणमा गर्ने निर्णय सरकारबाट भएको छ । जसले नागरिकमा केही आशंका छ । तर संविधान कार्यान्यनको जिम्मेवारी हामी सबैको हो । संविधान कार्यान्वयन गर्न सबै दलहरु मिल्नुको विकल्प छैन् । तर सरकारले आफ्नो काम बिर्सनु हुँदैन र कार्यान्वयनका लागि वातावरण बनाउनुपर्छ । 

५ वर्ष ८ महिना लगाएर समावेशी संविधानसभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको छ । तर जति गतिमा हुनुपर्ने त्यो भएको छैन । दलहरु संविधान कार्यान्वयनको सवालमा जति गम्भीर हुनुपर्ने हो भएका छैनन् । सरकारले बनाउनुपर्ने कानुन बनाउन सकेको छैन् । संविधान कार्यान्वयनको सवालमा म सन्तुष्ट त छैन् तर कार्यान्वयन नै नभएको भने होइन् । 

संविधान पारित गर्दा पानी समेत खाइन

पूर्वतिर कसैले कमजोरी गर्‍यो वा कुनै काम फत्ते गरेन भने पानी खायो भन्ने गरिन्छ । त्यसैले म भाषण गर्दा वा सार्वजनिक सभासमारोहमा भाग लिँदा पानी खान्न । धेरै लामो समय एकै ठाउँमा बस्ने बेलामा पानी नखाँदा उठेर कतै गइरहनु पर्दैन । 

भाषणा गर्दा पानी खाइयो र सभा छोडेर बिचमै कतै गइहाल्नु पर्‍यो भने त अप्ठ्यारो लाग्छ । त्यसैले पनि म सभा समारोहमा पानी पिउन रुचाउँदिन । संविधानसभाबाट संविधान पारित गराउँदै घन्टौं सभाध्यक्षको कुर्सीमा बसेर संविधानका धारा वाचन गर्नु पर्ने थियो ।

त्यसका लागि म शारीरिक र मानसिक रुपमा पहिला नै तयार भएको थिएँ । त्यसैले मैले सभाअध्यक्षको कुर्सीमा बसेर संविधानका धारा पारित गराउँदा एक पटक पनि पानी खाइन । टेबलमा नै पानीको बोतल र गिलास भए पनि पानी पिउनेतिर मेरो ध्यान नै गएन ।

(सुफल काफ्ले र प्रकाश ढकालसँग गरेको कुराकानीको आधारमा)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बन्दी चेतनाको ‘जाँच प्रयोग’

    “यहाँ अहिले हामी ६ सय ६८ जना छौं” – एक परिचित युवा बन्दीले सुस्तरी कानमा भने । राणाकालमा बनेको दुईतले एउटा भवन नजिकै ठाउँ–ठाउँमा चिराचिरा परेर कमजोर हालतमा उभिएको थियो । त्यसकै कापमा एउटा सानो गल्ली जस्तोमा चिया पाकिरहेको थियो शायद, बन्दीहरु त्यतैबाट तातो चियाका गिलास लिँदै निस्किरहेका थिए ।

  • नेपालमा चीनको स्वार्थ

    कैयौँ पटक ‘नेपालको सार्वभौमसत्ता रक्षाका लागि’ चीनले सहयोग गर्ने भन्ने गरिएको छ बेइजिङ्गबाट । कूटनीतिक दृष्टिले यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो । यसको अर्थ नेपालको सर्वभौमसत्ता गुम्ने र नेपालको अस्तित्व नै नरहने खतरा छ भनेर चीनले विश्लेषण गरेको हो भनेर बुझ्नु पर्ने हुन्छ ।

  • आँखाको क्यान्सर कति खतरनाक ?

    एक दशक अगाडि अलि कम र अहिलेको दशकमा एकदम धेरै सुनेको रोग क्यान्सर हो । शरीरको विभिन्न अंगहरु फोक्सो, आन्द्रा, कलेजो, पाठेघर, स्तनलगायतमा क्यान्सर भए जस्तै आँखामा पनि क्यान्सर हुन्छ । अरु क्यान्सरमा भन्दा यो क्यान्सर हुने जोखिमयुक्त कारक तत्वहरु फरक छन् ।

  • ओलीका अघिल्तिर कति धेरै अवसर ?

    बोले अनुसार काम थाल्ने हो भने वाम गठबन्धनको सरकारका सामु चुनौती थोरै र अवसरहरु कता हो कता धेरै छन् । अब बन्ने सरकारका लागि सबैभन्दा ठूलो अवसर विकासलाई तल्लो तहसम्म पुर्यासउने संरचना तयार छ । स्थानीय तहको चुनावपछि विकासलाई नागरिकको घर दैलोसम्म पुर्याउने जनप्रतिनिधिहरु चुनिएर अहिले काममा छन, तर देखाउने काम नपाएर कामका अवसरको खोजीमा छन ।

  • चुनाव सम्पन्न गराउनु ठूलो उपलब्धि : देउवा

    मेरो नेतृत्वमा सरकार गठन भएपछि जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर निर्णयहरु भएका छन् । विशेषगरी स्वास्थ्य शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु नियन्त्रण गर्न चिकित्सा शिक्षा आयोगको अध्यादेश जारी गरिएको छ । जनताको स्वास्थ्यसँग सरोकार राख्ने चिकित्सा शिक्षा व्यापारको विषय होइन ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया