MENU

बातावरण-कृषि

Ncell Axiata

​केही दिन मौसममा सुधार नआउने

काठमाडौं, असोज ५ – काठमाण्डौं उपत्यकासहित देशभरी कै मौसम बिहीबार खुल्ने सम्भावना नभएको मौसमविद्ले बताएका छन् । 

बंगालको खाडीमा बनेको मनसुनी न्यूनचापीय प्रणालीको असरले आज देशभरी कै मौसम खुल्ने संभावना निकै कम रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार मनसुन सकिने बेला भएकाले पनि अबको एक दुई दिन पानी पर्न रोकिएपनि मौसम पूर्ण रुपमा खुल्दैन । तर भोलिदेखि भने मौसममा सुधार आउन सक्ने उहाँले बताउनुभयो । यसैबीच पानी पर्न छोडेपछि बिस्तारै चिसो बढ्ने उहाँको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया