MENU

विज्ञान प्रविधि

Ncell Axiata

आइफोन प्रयोगकर्ताका लागि पनि हाम्रोपात्रो नेपाली किबोर्ड एप

 

काठमाडौं, असोज ७ - हाम्रो पत्रोले आइफोन प्रयोगकर्ताका लागि पनि हाम्रोपात्रो नेपाली किबोर्ड एप सार्वजनिक गरेको छ । आइफोनको एपस्टोरमा गएर अंग्रेजीमा हाम्रो नेपाली किबोर्ड टाईप गरी यो एप डाउनलोड गर्न सकिने हाम्रो पात्रोले जनाएको छ। 

यो किबोर्ड डाउनलोड गरेपछि आइफोनमा पनि सजिलै नेपालीमा लेख्न सकिन्छ । आइओएसको डिफल्ट किबोर्डसँग मेलखाने यो किबोर्डले रङ्ग, डिजाइनलगायतका सामान्य कुराहरूलाई पनि आइओएसको वास्तविक किबोर्डसँग जोडिरहन्छ ।

रोमनबाट नेपाली टाइप गर्न वा सिधै चलनचल्तिको नेपाली किबोर्ड प्रयोग गर्न सकिन्छ । यस एप्लिकेसनमा कुनै प्रारम्भिक अक्षर टाइप गर्दा त्यो अक्षरबाट प्रारम्भ हुने अन्य धेरै शब्दहरू सुझावका रूपमा देखार्इदिन्छ ।

जस्तै 'क' लेख्दा किबोर्डले सुझावका रूपमा कमल, कलम जस्ता कबाट सुरु हुने शब्दहरू देखाइदिन्छ जसमध्ये आफूलार्इ उपयूक्त लागेको शब्दलार्इ थिचेर तपाइको सन्देशमा प्रयोग गरी टाइपिङ जारी राख्न सकिन्छ । यो किबोर्डमा चलनचल्तिका लोकप्रिय इमोजीहरुसमेत राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया