MENU

अर्थ

Ncell Axiata

दसैँमा यामाहाको अफरै अफर, जस्तोसुकै अवस्थाको मोटरसाइकलको न्यूनतम मुल्यांकन २५ हजार रुपैयाँ

काठमाडौं,  असोज ९ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालीहरुको महान चाड दसैंको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरेर ‘दसैं मनाऔं यामाहासँग’ नामको अभियान सुरु गरेको छ । यो अभियानअन्तर्गत यामाहाले दसैं एक्सचेन्ज मेला, ‘न्युनतम मूल्यांकन रु २५०००’ र ‘क्यास–इन–ओ’ संचालन गरिरहेको छ । 

एमएडब्लुले ८, ९ र १० असोजमा भक्तपुर, चाहविल, नैकाप, टेकु, मिर्चैया, तम्घास र प्युठानमा दसैं एक्सचेन्जको आयोजना गर्नेछ । त्यसैगरी, ९ र १० असोजमा धनुषामा र ९, १० र ११ मा जनकपुरमा विशाल एक्सचेन्ज क्याम्पको आयोजना हुँदैछ । एक्सचेन्ज क्याम्पमा ग्राहकहरुले जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरको अधिकतम मूल्य पाउनुका साथै यामाहाका नयाँ बाइकको खरिदमा ‘स्पट फाइनान्सिङ’को व्यवस्था पनि हुनेछ ।

साथै, एमएडब्लुले असोज १ गतेदेखि ११ गते स्थानमा न्युनतम रु २५००० योजना संचालन गरिरहेको छ । यो योजनाअन्तर्गत कुनै पनि ब्रान्डको जस्तोसुकै अवस्थामा रहेको पुरानो मोटरसाइकल र स्कुटरको न्युनतम रु २५ हजार मूल्यांकन पाइनेछ । यसका लागि ग्राहकले आफ्नो पुरानो मोटरसाइकलको बिलबुक उपलब्ध गराउनुपर्नेछ । त्रिपुरेश्वर, कुमारीपाटी, कान्तिपथ, चाहबिल, महाराजगन्ज, भक्तपुर, गठ्ठाघर, नयाँबजार, टेकु, बालाजु, कोटेश्वर, रातोपुल, सतुंगल, बनेपा, बिर्डामोड, दमक, पठारी, विराटचोक, धरान, इलाम, इटहरी, विराटनगर, हेटौंडा, पर्सा, नारायणघाट, कावासोटी, पोखरा, दमौली, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगगढी, महेन्द्रनगर र टिकापुर गरी यामाहाका ३४ सोरुममा यो योजना संचालन भइरहेको छ । 

यामाहाले आफ्नो दसैं अफर ‘क्यास–इन–ओ’लाई पनि जारी राखेको छ । ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छुट पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा एक लाख रुपैयाँ पुरस्कार जित्न सक्नेछन् । यो लक्की ड्रको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट सिक्स’ र यामाहा नेपालको फेसबुक पेजमा हरेक सोमबार प्रत्यक्ष प्रसारण हुनेछ । यसका अलावा, यामाहाका ग्राहकले बम्पर पुरस्कारका रुपमा युरोपमै चर्चित कार स्कोडा ¥यापिड जित्न सक्नेछन् । 

यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर (डिस्क/ड्रम बै्क) र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजी २५ ‘स्ट्रिटफाइटर’, एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । 

यामाहाले भर्खरै नेपाली बजारमा एफजी २५ सार्वजनिक गरेको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा  एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । त्यसैगरी, यामाहाले भर्खरै आफ्नो सुपरमोडल स्कुटर फेसिनोलाई थप परिमार्जन गरेर बजारमा ल्याएको छ । फेसिनो अब ब्लेन्डिङ ब्लु, फ्युसन रेड, युनाइट ह्वाइट र मिङ्गलिङ स्यान गरी चार आकर्षक ड्युल टोन कलरमा उपलब्ध भएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया