MENU

राजनीति

Ncell Axiata

एमालेले कुन जिल्लामा कति स्थानीय तह जित्यो ?

काठमाडौं, असोज ९ – प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा भएको चुनाव अन्तर्गत अहिलेसम्म १ सय ३१ तहको नतिजा आएको छ । यसमा नेकपा एमालेले ६ जिल्लामा गरी १७ स्थानीय तहमा विजयी भएको छ ।

एमालेले रौतहट र महोत्तरीमा कुनै पनि स्थानीय तहमा जितेको छैन । मतगणना भैरहेका पाँच स्थानीय तहमध्ये बाराको कलैया उपमहानगरपालिका र कोल्हवी नगरपालिकामा एमालेको अग्रता कायमै छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा एमालेले नतिजाबिहिन भयो । 

कुन– कुन तहमा एमालेले जित्यो ?

सिरहा

१) सिरहाको लहान नगरपालिका – मुनि साह सुडी
२) सिरहाको सुखीपुर नगरपालिका – रामऔतार यादव
३) सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका– केदारनाथ यादव 
४) सिरहाको नरहा गाउँपालिका–रामशरण यादव 

धनुषा

१) धनुषाको मिथिला नगरपालिका – हरिनारायण महतो
२) धनुषाको मिथिला बिहारी नगरपालिका– अनिल यादव 
३) धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका– मनोजकुमार यादव
४) धनुषाको बटेश्वर गाउँपालिका– डम्बरबहादुर राउत

सर्लाही

१) सर्लाहीको हरिपुर नगरपालिका– जमरुद्दिन मन्सुर
२) सर्लाहीको हरिवन नगरपालिका – गणेश प्रसाईं
३) सर्लाहीको लालबन्दी नगरपालिका – मानबहादुर खड्का
४) सर्लाहीको ईश्वरपुर नगरपालिका– मनोज देवकोटा

सप्तरी

१) सप्तरीको सप्तकोशी नगरपालिका– उत्तम गौतम
२) सप्तरीको कञ्चनरुप नगरपालिका – बसन्त मिश्र

बारा

१) बाराको जितपुर सिमरा उपमहानगरपालिका– कृष्ण पौडेल 

पर्सा

१) पर्साको पटेर्वा सुगौली गाउँपालिका– हरिनारायण चौधरी 
२) पर्साको जिराभवानी गाउँपालिका– रामप्रीत महतो

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया