MENU

अर्थ

Ncell Axiata
NIC Asia

​सोमबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको सटही दर

काठमाडौं, असोज ९ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ५७ पैसा र विक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ३९ पैसा र विक्रिदर २८ रुपैयाँ ५५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ १५ पैसा र विक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६२ पैसा र विक्रिदर २४ रुपैयाँ ७७ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १२ पैसा र विक्रिदर ९ रुपैयाँ १८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४२ रुपैयाँ ८६ पैसा छ भने विक्रिदर ३ सय ४४ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७४ रुपैयाँ ०१ पैसा र विक्रिदर २ सय ७५ रुपैयाँ ६१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया