MENU

अर्थ

Ncell Axiata

सिटिजन्स बैंक इन्टरनेशनलको ११ औँ साधारणसभा आज हुँदै

काठमाडौं, असोज ९ – सिटिजन्स बैंक इन्टरनेशनलको ११ औँ साधारणसभा सोमबार हुँदैछ । कालिकास्थानको अमृतभोग कम्प्लेक्समा बिहान ११ बजेका लागि बोलाइएको साधारणसभाले १६ प्रतिशत बोनस शेयर त्यसमा कर प्रयोजनका लागि शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दैछ । भदौ ११ गतेसम्म शेयर किनेका शेयरधनीले लाभांश पाउनेछन् ।

साधारणसभामा चुक्ता पूँजी बृद्धिसँगै, केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन, लेखा परीक्षकको नियुक्ति, सर्वसाधारणका तर्फबाट दुईजना सञ्चालक समिति सदस्य चयन लगायत प्रस्ताव पनि लगिने कम्पनीले जनाएको छ ।

६ अर्ब ९२ करोड चुक्ता पुँजी रहेको यो बैंकको १६ प्रतिशत बोनसपछि चुक्ता पूँजी ८ अर्ब नाघ्नेछ । सिटिजन्स बैकले गएको आर्थिक वर्षमा १ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया