MENU

अर्थ

Ncell Axiata
NIC Asia

कपिलवस्तुबाट दैनिक दुई करोड रुपैयाँको खसीबोका बिक्री

कपिलवस्तु, असोज ९ – चाडपर्व भित्रिएसँगै कपिलवस्तुबाट दैनिक दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौं पठाउने गरिएको छ । 

घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि भएको छ । व्यापारीले दैनिक १० देखि १५ ट्रक खसीबोका काठमाडौं पठाउने गरेका छन् । जिल्लाको चन्द्रौटास्थित खसीबजारमा दसैँको अवसरमा स्वदेशी तथा विदेशी खसीबोकाको कारोबार अत्यधिक हुने गर्छ । 

स्थानीय तथा भारतको बहराइच, कल्पी, सुल्तानपुर, कानपुरलगायतका व्यापारीले खसीबोका ल्याई काठमाडौंलगायत देशका अन्य शहरमा पठाउने गरेका छन् । भारतीय व्यापारीले कृष्णनगर नाकाहँदै खसीबोका चन्द्रौटा बजार ल्याउने गरेका छन् । 

चन्द्रौटाबाट एकदिनमा १२ ट्रकसम्म खसीबोका काठमाडौं पठाउने गरेको भारतीय व्यापारी हलिम कुरैसीले बताउनुभयो । “माग भए बमोजिम खसीबोका पठाउन सकेका छैनौँ,” उहाँले भन्नुभयो । 

विगत लामो समयदेखि भारत उत्तर प्रदेशको बहराइच र नानपाराका भारतीय व्यापारीले काठमाडौंमा खसीबोकाको व्यापार गर्दैआएका छन् । दसैँका बेला खसीबोकाको माग धान्न गाह्रो हुने गरेको बहराइचका व्यापारी अवरास मुसलमानले बताउनुभयो ।

यहाँबाट बाबरी, जमुना पारी र स्थानीय जातका खसीबोका काठमाडौं पठाउने गरिएको छ । एउटा ट्रकमा २५० देखि ३०० सम्म खसीबोका पठाउने गरिएको उहाँको भनाइ छ । कृष्णनगर भन्सार कार्यालयका अनुसार असोज १ गतेदेखि अहिलेसम्म झण्डै आठ हजार भारतीय खसीबोका नेपाल भित्रिएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया