MENU

राजनीति

Ncell Axiata

वीरगञ्ज महानगरको पछिल्लो परिणाम

पर्सा, असोज ९ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँगको दूरी बढाउँदै लगेको छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ६३ हजार १ सय ४४ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो ।

मेयर

संघीय समाजवादी फोरम नेपाल – विजयी सरावगी – १४ हजार ६ सय ७७ 
नेपाली कांग्रेस – अजयकुमार द्विवेदी – १३ हजार ५ सय ५४ 
राजपा – राजेशमान सिंह – ९ हजार १ सय २२ 
माओवादी केन्द्र – रहबर अन्सारी – ६ हजार ६ सय ३४ 
नेकपा एमाले – बसुरुद्दिन अन्सारी – ६ हजार ९ सय ५० 
फोरम लोकतान्त्रिक – विमल श्रीवास्तव – ५ हजार ६ सय ३ 

उपमेयर

कांग्रेस – शान्ति कार्की – १५ हजार ६ सय ६५ 
संघीय समाजवादी फोरम नेपाल – पिंकी यादव – १३ हजार ९ सय ९१ 
राजपा – रम्भा मिश्र – ७ हजार ९ सय ६६ 
माओवादी केन्द्र – दुर्गा क्षेत्री – ४ हजार १ सय ६२ 
एमाले – सोफिया आचार्य –  ८ हजार १४ 
फोरम लोकतान्त्रिक – रींकू यादव – ४ हजार ६ सय ७० 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया