MENU

राजनीति

प्रदेश नं. २ : चार तहको नतिजा आउन बाँकी, कहाँ के हुँदै छ ?

काठमाडौं, असोज ९ – प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३१ तहको नतिजा आएको छ । नतिजा आउन बाँकी पर्साको वीरगंज महानगरपालिका, बाराको कलैया उपनगरपालिका, बारागढी गाउँपालिका र सप्तरीको राजविराज नगरपालिकामा मतगणना चलिरहेको छ । 

यस्तो छ नतिजा आउन बाँकी तहको अबस्था  

वीरगञ्ज महानगरपालिका

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले नेपाली कांग्रेससँगको दूरी बढाउँदै लगेको छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ६३ हजार १ सय ४४ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो ।

मेयर

संघीय समाजवादी फोरम नेपाल – विजयी सरावगी – १४ हजार ६ सय ७७ 
नेपाली कांग्रेस – अजयकुमार द्विवेदी – १३ हजार ५ सय ५४ 
राजपा – राजेशमान सिंह – ९ हजार १ सय २२ 
माओवादी केन्द्र – रहबर अन्सारी – ६ हजार ६ सय ३४ 
नेकपा एमाले – बसुरुद्दिन अन्सारी – ६ हजार ९ सय ५० 
फोरम लोकतान्त्रिक – विमल श्रीवास्तव – ५ हजार ६ सय ३ 

उपमेयर

कांग्रेस – शान्ति कार्की – १५ हजार ६ सय ६५ 
संघीय समाजवादी फोरम नेपाल – पिंकी यादव – १३ हजार ९ सय ९१ 
राजपा – रम्भा मिश्र – ७ हजार ९ सय ६६ 
माओवादी केन्द्र – दुर्गा क्षेत्री – ४ हजार १ सय ६२ 
एमाले – सोफिया आचार्य –  ८ हजार १४ 
फोरम लोकतान्त्रिक – रींकू यादव – ४ हजार ६ सय ७० 

कलैया उपमहानगरपालिका

कलैया उपमहानगरपालिकामा एमालेको अग्रता कायम छ । नेकपा एमालेका बिनोद साहको ९ हजार ४ सय १९, नेपाली कांग्रेसका राजेश यादवको ९ हजार ४६, संघीय समाजवादी फोरम नेपालका प्रमोदप्रसाद गुप्ताको ६ हजार ६ सय २५ मत रहेको छ । 
उपमेयरमा एमालेकी प्रतिमा यादवको ९ हजार २ सय ३१ नेपाली कांग्रेसका रहिमा खातुनको ८ हजार ७ सय ६६र संघीय समाजवादीकी लक्ष्मीदेवी पटेलको ६ हजार ४५ मत रहेको छ । 

बारागढी गाउँपालिका

बारागढी गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता छ । कांग्रेसका देवदत्तबछाड थारुको १ हजार ७ सय ३, संघीय समाजवादी फोरमका अशोककुमार जयसवालको १ हजार २ सय ६, नेकपा एमालेका सीताराम चौधरीको १ हजार ७७ मत रहेको छ । 
उपाध्यक्षमा पनि कांग्रेसको अग्रता छ । काग्रेसकी चन्द्रावती चौधरीको १ हजार ५ सय ७५, संघीय समाजवादी फोरमको लक्ष्मीदेवी रायको १ हजार ६७ र एमालेकी धनमाया चौधरीको १ हजार ८२ मत रहेको छ । 

राजविराज नगरपालिका

राजविराज नगरपालिकाको मेयरमा माओवादी केन्द्रका अनिस अन्सारीले अग्रता लिनुभएको छ । उहाँले ९ सय ८७ मत ल्याउनुभएको छ । राजपाका शम्भुप्रसाद यादवको ५ सय ३३, संघीय समाजवादी फोरम नेपालका भिमराज यादवको ८ सय ९२ मत रहेको छ । उपमेयरमा राजपाको अग्रता छ, राजपा उपमेयर उम्मेदवार साधना झाको १ हजार ६७ मत रहेको छ भने माओवादी केन्द्रका सुमित्रादेवी यादवको ९ सय ६७, संघीय समाजवादी फोरम नेपालका किरणकुमारी साहको ८ सय २४ मत रहेको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया