MENU

अर्थ

Ncell Axiata

राजस्व संकलन २२ प्रतिशतले बढ्यो

काठमाडौं, असोज १० – आर्थिक वर्ष २०७४/०७५ भदौ महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्ब ६७ करोड ९१ लाख ३९ हजार रहेकामा ३५ अर्ब २७ करोड ३ लाख ४९ हजार संकलन भई लक्ष्यको तुलनामा ९६ प्रतिशतको प्रगति भएको छ ।  

गएको वर्षको असुलीको तुलनामा २२ प्रतिशतले वृद्धि भएको छ । शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ झण्डै १४ अर्व २३ करोड, मूल्य अभिवृद्धि कर १२ अर्ब ९०  करोड र अन्तःशुल्कतर्फ सात अर्ब ७३ करोड संकलन भएको छ । यो रकम लक्ष्यको तुलनामा आयकरतर्फ ९२ प्रतिशत, मूल्यअभिवृद्धि करतर्फ ९७ प्रतिशत र अन्तःशुल्कतर्फ १०५ प्रतिशत हो । 

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः झण्डै  १५ करोड ६६ लाख र रु २५ करोड चार लाख संकलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ७३ प्रतिशत संकलन भएको छ ।

गएको वर्षको तुलनामा आयकर वृद्धिदर १७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २२ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३ प्रतिशत  छ । आन्तरिक राजस्व विभागलाई आव २०७४/०७५ का लागि झण्डै तीन खर्ब राजश्व संकलन लक्ष्य तोकिएको छ । 

आइतबार आयोजित समीक्षा कार्यक्रममा विभागका महानिर्देशक किशोरजंग कार्कीले महालेखा परीक्षकको टोलीसँग डोरमै बेरुजु सम्परीक्षण गराउन, बेरुजु नउठ्ने गरी कार्य गर्न, अन्तिम तहसम्मको कानुनी कारबाही गरी वक्यौता असुली गर्न र कर परीक्षणमा गुणस्तरीयता कायम गर्न प्रमुख कर प्रशासक तथा प्रमुख कर अधिकृतलाई निर्देशन दिनुभयो । 

विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले गएको आर्थिक वर्षमा कर बुझाएका करदाताले यस आर्थिक वर्षमा कर नबुझाएको देखिएकाले यसको कारण पहिचान गर्न निर्देशन दिनुभयो । उपमहानिर्देशक शंकरप्रसाद खरेलले २१ बुँदे घोषणापत्रको कार्ययोजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा अनुगमन शाखाका शाखा अधिकृत कमल लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै काठमाडौंस्थित आन्तरिक राजस्व विभागअन्तर्गतका सबै कार्यालय प्रमुखले आआफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको विभागले जनाएको छ । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया