MENU

अर्थ

Ncell Axiata
NIC Asia

​मंगलबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढ्यो

काठमाडौं, असोज १० – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५२ पैसा र विक्रिदर २८ रुपैयाँ ६९ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २८ पैसा र विक्रिदर २८ रुपैयाँ ४४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ७० पैसा र विक्रिदर २४ रुपैयाँ ८५ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १७ पैसा र विक्रिदर ९ रुपैयाँ २३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४४ रुपैयाँ ३९ पैसा छ भने विक्रिदर ३ सय ४६ रुपैयाँ ३८ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ३३ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ९२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया