MENU

राजनीति

Ncell Axiata
NIC Asia

बाराः बारागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यमा संघीय फोरम विजयी

बारा, असोज १० – बाराको बारागढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका देवदत्त बछार थारु २ हजार ६ सय १८ मतसहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका अशोककुमार जैशवालले २ हजार ५ सय ५५ मत पाउनुभयो ।

उपाध्यक्षमा भने संघीय समाजवादी फोरम नेपालकी लक्ष्मीदेवी राय विजयी हुनुभएको छ । उहाँले २ हजार ५ सय ८० मत प्राप्त गर्नुभएको छ । उहाँर्की प्रतिस्पर्धी कांग्रेसकी चन्द्रावती चौधरीले २ हजार ४ सय ५४ मत प्राप्त गर्नुभयो ।

१६ वटा स्थानीय तह रहेको बारमा अब कलैया उपमहानगरको नतिजा आउन बाँकी छ । त्यहाँ एमालेले अग्रता लिइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया