MENU

अर्थ

Ncell Axiata

चिलिमेले पायो बूढीगण्डकी प्रोक र सेती तेस्रो जलविद्युत परियोजनाको अनुमति

काठमाडौं, असोज १० – चिलिमे जलविद्युत् कम्पनीले ५ सय ८५ मेगावाट क्षमताका २ वटा जलविद्युत जलविद्युत परियोजनाको अनुमतिपत्र पाएको छ । 

विद्युत् विकास विभागले चिलिमे कम्पनीलाई गोरखामा आयोजनास्थल रहेको ४ सय २० मेगावाट क्षमताको बूढीगण्डकी प्रोक र बझाङमा आयोजनास्थल रहेको सेती नदी तेस्रो जलविद्युत आयोजनाको अध्ययन अनुमति दिएको हो । 

कम्पनीले अहिले रसुवागढी, माथिल्लो सान्जेन, सान्जेन, र मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले निर्माण गरिरहेका र अध्ययन अनुमतिपत्र पाएका आयोजनाको कुल क्षमता ८ सय ५५ मेगावाट हुनेछ । 
अब आयोजना अध्ययनको काम दसैँ लगत्तै शुरु गर्ने कम्पनीका प्रबन्ध निर्देशक दामोदरभक्त श्रेष्ठले बताउनुभयो । कम्पनीको प्रारम्भिक अध्ययनमा बूढीगण्डकी प्रोकको लागत  ५० अर्ब र सेतीको २५ अर्ब लाग्ने रुपैयाँ लाग्ने अनुमान गरिएको छ । 

ती आयोजनामा नेपाल विद्युत् प्राधिकरण, चिलिमे कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बीमा संस्थान र विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने र सम्बन्धित जिल्ला र गाँउपालिका तथा प्रभावित क्षेत्रका नागरिकले समेत लगानी गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया