MENU

राजनीति

Ncell Axiata
NIC Asia

​वीरगञ्ज महानगरको ताजा अपडेटः संघीय समाजवादी फोरमको अग्रता कायमै

पर्सा, असोज १० – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा संघीय समाजवादी फोरमले अग्रता लिइरहेको छ । नेपाली कांग्रेस दोस्रो स्थानमा छ । ८४ हजार भन्दा बढी मत खसेकोमा ७३ हजार ७२ मत गन्दा कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको हो ।

मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा अहिले फोरम अघि आएको हो । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ । 

संघीय समाजवादी फोरम नेपाल

मेयर (विजयी सरावगी) : १६८४१
उपमेयर (पिंकी यादव) : १५९७६

नेपाली कांग्रेस

मेयर (अजयकुमार द्विवेदी) :१५५४०
उपमेयर (शान्ति कार्की) :१७९०५

राजपा 

मेयर (राजेशमान सिंह) :१००८१
उपमेयर (रम्भा मिश्र) :८८७५

माओवादी केन्द्र

मेयर (रहबर अन्सारी) :७६२१
उपमेयर (दुर्गा क्षेत्री) :४६४३

नेकपा एमाले

मेयर (बसुरुद्दिन अन्सारी) :७६१३
उपमेयर (सोफिया आचार्य) :९१८९

फोरम लोकतान्त्रिक

मेयर (विमल श्रीवास्तव) : ७०१०१
उपमेयर (रींकू यादव) :६०८८

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया