MENU

राजनीति

सप्तरीको राजविराज नगरपालिकामा राजपाको अग्रता

सप्तरी, असोज ११ – सप्तरीको राजविराज नगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता लिएको छ । राजपाका उम्मेदवार शम्भुप्रसाद यादवले ३ हजार ६ सय ३५ मत ल्याउनुभएको छ । संघीय समाजवादी फोरमका भिमराज यादवको ३ हजार ४ सय ७१, माओवादी केन्द्रका अनिस अन्सारीको २ हजार ८ सय ४७  र नेकपा एमालेका सुखराम यादवको  १ हजार ६ सय १३ मत रहेको छ । 

उपमेयरमा पनि राजपाको अग्रता छ । राजपाकी साधना झाको ३ हजार ८ सय ५२, संघीय समाजवादी फोरमकी किरणकुमारी साहको २ हजार ५ सय ८२, माओवादी केन्द्रकी सुमित्रादेवी यादवको १ हजार ९ सय ६२, नेकपा एमालेकी ममता चौधरीको २ हजार ४ सय ४० मत रहेको छ ।

१६ वडा रहेको राजविराज नगरपालिकामा ११ वटा वडाको मतगणना सकिएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया