MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

चिकित्सक तथा क्षतीपूर्तीका कुरा

मानिसले जन्म लिएपछि बाँच्नका लागी विभिन्न पेशा अंगाल्नुपर्छ । कोही ब्यापार गर्छन, कोही शिक्षण । कोही संसारको भौतिकबादबाट आजित भएर सन्यासी बनेर मन्दिर जान्छन् , कोही राष्ट्रसेवक बन्छन भने कोही चिकित्सक । अन्य मानिसझै व्यवहार गर्ने चिकित्सकलाई पृथ्वीकै विशिष्ट प्राणीका रुपमा हेरिनु गलत हो ।

चिकित्सकमा पनि अन्य मानिसझै माया, करुणा, दया, क्षमा जस्ता गुण हुन्छन् । चिकित्सकीय पेशा भनेको ज्ञान, सिप तथा विवेकको अधिकतम प्रयोगको उपज हो । रात दिन भन्न समेत नपाउने तथा अहोरात्र अरुको जिवन बचाउन लागी पर्ने यो पेशा अरु भन्दा अलिक संवेदनशील भने अवश्य छ । अन्य पेशामा दिनभरी काम गर्ने, हप्तामा एक दिन विदा लिने, सरकारी विदामा विदा पाउने जस्तो सुविधा यो पेशामा हुँदैन । घण्टा गनेर ड्युटी गर्ने होइन बरु दिन  रात भन्न नपाइने आफ्नो नीजि जीवन भन्न नपाइने र घरपरिवारलाई समय दिन नपाइने पेशा हो यो । 

यो पेशालाई मर्यादित बनाउन समाजको सोचलाई बदल्न जरुरी छ । चिकित्सा शिक्षालाई भद्र बनाउन जरुरी छ । दिमाग तेजिलो भएकाले चिकित्सक बन्न पाउदैनन्, जोसंग एक करोड खर्च गर्नसक्ने क्षमता छ उसैले मात्र चिकित्सक बन्न पाउने अवस्था आएको छ । दिमाग तेजिला भएका गरिवका सन्तान आज चिकित्सक बन्ने रहर सपनामै सिमित राख्न बाध्य छन् । छोराछारीलाई मन होस नहोस पैसाको बलमा चिकित्सक बन्न जोड दिने अभिभावकका सन्तानले भविष्यमा चिकित्सक भएर कस्तो सेवा देलान ? प्रश्नवाचक चिन्ह खडा हुन्छ ।

चिकित्सक भएपछि टन्नै पैसा कमाइन्छ अरु कुनै पेशामा यो देशमा पैसा कमाउन सकिन्न भन्ने अवधारण छोरा छाेरीको दिमागमा छिराइन्छ, त्यसो हुँदा त्यस्ता चिकित्सकले चिकित्सकीय मुल्य मान्यतालाई तिलाञ्जली दिएर पैसा सोहोर्नतिर मात्र लाग्ने हुन्छन् ।अनि चिकित्सक जसतो मर्यादित पेशालाई बदनाम गराइरहेका हुन्छन् । सरकारले समाजको यस्तो सोच बदल्न के कति काम गरेको छ त्यसको लेखाजोखा भविष्यमा होला । 

डा. गोविन्द केसीले चिकित्सा पेशा तथा शिक्षालाई सुधार्न धेरै मेहनत गरिरहनुभएको छ । मानिसको जीवनमरण जस्तो संवेदनशील पेशा चिकित्सा काम गर्ने चिकित्सक उत्पादन गर्ने श्रोत जति भएपनि खोल्न दिन हुने । अझ पैसा कमाउने अभिप्रायले राजनैतिक ब्यक्तिले चिकित्सा शिक्षण संस्थामा लगानी गर्ने अनि सम्वन्धन लिएर केहीले गुणस्तरहीन शिक्षा प्रदान गर्ने अनि त्यस ठाउँबाट उत्पादन भएका चिकित्सकले कस्तो सेवा देलान् ? सहजै अनुमान गर्न सकिन्छ ।

किताबी ज्ञान मात्रले नहुने यो शिक्षामा बिगतमा जस्तो पोष्टिङ्ग छैन भन्ने सुनिन्छ । जुन स्तरका अनुभवी प्राध्यापक, श्रोत साधन, प्रयोगात्मक अभ्यास लगायत चाहिने हो ती नहुँदा मेडिकल कलेजमा खडेबाबाका रुपमा उपस्थित हुने गरेको सुनिन्छ । त्यती मात्र होइन मापदण्ड पुगेन भनेर सम्वन्धन खारेजका लागी सिफारिस भएका शिक्षण संस्था समेत राजनैतिक दवावमा खारेज हुँदैनन् अनि निर्वाध संचालन भइरहेका छन् । यो प्रणालीको सुधारका निम्ती कुनै गतिलो काम सरकारी तवरबाट भएको छैन । बिउमै खरावी भए पछि कसरी राम्रो फलको अपेक्षा राख्न सकिन्छ ?

मेडिकल शिक्षालाई व्यवस्थित नगर्ने हो भने देशको स्वास्थ्य सेवा प्रवाहको अवस्था अझै दुरावस्थामा पुग्ने देखिन्छ । विदेशमा पढेर आएका चिकित्सक कति सम्म दक्ष छन् त्यसको सही नियमन हुनु जरुरी छ । लाइसेन्स प्रदान गर्ने तथा नियमन गर्ने निकायको सकिृयता अतिआवश्यक छ । लाइसेन्स प्रदान गर्ने बेलामै कडा रुपमा छानबिन गर्ने, दक्षता एकिन गरी लाइसेन्स दिनु जरुरी छ । मेडिकल क्लेजबाट प्रमाणपत्र लिएर लाइसेन्स समेत पाएका धेरै चिकित्सकलाई आफनो चिकित्सकिय ज्ञान नभएको गुनासो सुन्ने गरिन्छ । केही त जागिरका लागी भौँतारिएको सुमेत सुन्न पाइन्छ । हाम्रो मेडिकल शिक्षा कति गुणस्तरीय बन्दैछ तथा कस्ता चिकित्सक उत्पादन हुँदैछन् यो कुरा त डा. केसीबाट पटकपटक प्रकाशमा आएकै कुरा हो । 

चिकित्सकले लापरवाही गरेमा छुट दिनुहँुदैन, भएमा लाइसेन्स समेत खारेज हुनेछ भन्ने कुरा नेपाल मेडिकल काउन्सिलको नीतिमा उल्लेख छ । विरामी कसैको प्रयोगशाला होइन तसर्थ अनुभवी चिकित्सकले मात्र विरामी जाँच्ने अधिकार हुनुपर्छ । सिकारु चिकित्सकले अनुभवी चिकित्सकको जुनियरका रुपमा काम गर्नुपर्छ र सिक्नुपर्छ । यहाँ समस्या के छ भने पढिसक्ने बितिकै मैलै सबै जानेको छु मैले पनि उही विषय पढेको छु मैले किन फलानोको अन्डरमा काम गर्ने भन्ने सोच तथा आफुभन्दा सिनियरलाई प्रतिस्पर्धीका रुपमा हेर्ने परिपार्टीले चिकित्सा क्षेत्रको मर्यादामा आँच ल्याउने पक्का छ । 

जानीजानी कसैले कसैको प्राण लिन खोज्दैन किन भने चिकित्सक पनि मान्छे हो । कही कतै कुनै व्यक्तिको उपचारको क्रममा मृत्यु हुनु नै चिकित्सकको लापरवाहीको उपज हो भन्ने सोच्नु गलत हो । मानिस कि त घरमा मर्छ कि त अस्पतालमा । चिकित्सक भगवान होइन जसले जिवन तथा मरुणलाई चलाउन सकोस । चिकित्सक चिकित्सा विज्ञान तथा  उपलब्ध यन्त्र उपकरण, औषधी तथा आफनो सिपको आधारमा विरामीलाई अकालमा मर्नबाट रोक्ने ब्यक्ति मात्र हो । लापरवाही केलाई भन्ने यसको पूर्ण व्यख्या हुनु जरुरी छ । लापरवाही भए नभएको जाँच गर्न विशेषज्ञ टोली हुनु जरुरी छ । 

सरकारले चिकित्सकलाई जिस्काउने गरी जुन निणर्य गरेको छ यसले चिकित्सकको आत्मबल गिराउने काम गरेको छ । विश्वमा चिकित्सकले अनेकन चमत्कार गरेका छन् । असम्भव कुरा समेत सम्भव बनाएका छन् । नेपालमा काम गर्ने वातावरण नहुँदा चिकित्सक पलायन हुने खतरा बढेको छ । यो निर्णय कार्यन्यवयन भए  तथा भयरहित वातावरण सृजना नभए अति जोखिममा रहेको विरामीलाई अब कसले उपचार गर्ला ? सरकारी स्वास्थ्य संयन्त्रमा आधुनिक सुविधा छैन ।

अन्य चिकित्सकबाट अति सिकिस्त विरामी भर्ना लिएर उपचार गर्दा आफैलाई गा¥हो हुन्छ भन्ने सोचले तथा डरले भर्ना लिदैनन् यो अवस्थामा विरामी बाटोमा यताउता गर्दा गदै उपचारबाट वञ्चीत भएर मृत्युवरण गर्छ । अहिले मृत्यदर केही घटेको छ । देशमा आधुनिक यन्त्र उपकरण सहित विभिन्न स्थानमा विशिष्ट सेवा प्रदान भइरहेको छ । अकालमा मृत्यु हुने धेरै विरामी तथा विदेश लिएर जानुपर्ने धेरै विरामीले आज देशमा विशिष्टीकृत सेवा पाएका छन् । यो कुरालाई अवमुल्यन गरी राजनैतिक नाराझै सस्तो निर्णय लिएर सरकारले चिकित्सकको मनोबल गिराउने काम गरेको छ । 

चिकित्सक पेशालाई मर्यादित बनाउन डा. केसीको कदममा सबै चिकित्सक एकजुट भएर लाग्न जरुरीे छ । आफुलाई पृथ्वीको विशिष्ट श्रेणीको प्राणीको रुपमा नलिएर विरामीको मानिससँग नझर्कीकन, नरिसाईकन विरामीको अवस्थाको बारेमा प्रष्ट तथा खुलस्त काउन्सीलिङ हुनुपर्छ । पैसाको लाभमा रातारात अकुत पैसा कमाउने होडमा चिकित्सकिय मुल्यमान्यताबाट च्यूत भएरकाम गर्दा चिकित्सक पेशाको गरिमामाथी अाँच आउछ । चिकित्सा पेशा एकदमै मर्यादित तथा सम्मानित पेशा हो । यसको गरिमालाई ख्याल गर्न चिकित्सकनै सचेत हुनु जरुरी छ ।

नेपालको स्वस्थ्य सेवाका लागी वैज्ञानिक स्वस्थ्य ऐनको खाँचो छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई राजनितिबाट टाढा राखेर सोचिनु तथा बुझिनु जरुरी छ । चिकित्सक, स्वस्थ्यकर्मी तथा अस्पतालको सुरक्षा तथा भयरहित वातावरणमा काम गर्ने स्थिित हटदै गएको छ ।

आजको गणतान्त्रीक समयमा यो पेशामा आबद्द हुने अस्पताल लुटेरा तथा चिकित्सक ज्यानमारा भन्ने सोच परिवर्तन गर्न सरकार , नियमनकारी निकाय , पत्रकार तथा सबै सम्बद्दवर्ग लगिएन भने स्वस्थ्य क्षेत्रमा भयावहको स्थििती सृजना हुनेछ । यसका कुरितीलाई हटाउनका लागी सबै प्रतिबद्द हुनु जरुरी छ तथा वैज्ञानिक तथा समयसापेक्ष निति तर्जुमा हुनु जरुरी छ । 

(मैनाली आर.के चिल्डेन्स हस्पिटल प्रा.ली, विराटनगरका व्यवस्थापक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ । यस कुराको विचार ज्योतिष गणनाको आधारमा हुने गर्छ । कसरी केटा वा केटीको विवाह जुर्छ जुर्दैन थाहा पाउने गरिन्छ त ?

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया