MENU

अर्थ

Ncell Axiata
NIC Asia

बुढीगण्डकीको काम रोकिँदैन : उर्जामन्त्री

काठमाडौं, असोज ११ – उर्जामन्त्री महेन्द्रबहादुर शाहीले बुढीगण्डकी जलबिद्युत परियोजना अहिले नरोकिने बताउनुभएको छ । 

बुधबार रिपोर्टर्स क्लब नेपालमा मन्त्री शाहीले बुढीगण्डकीको काम कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्दै भन्नुभयो, ‘अदालतमा विचाराधिन रहेको मुद्दामा अहिले नै संसदीय समितिले हतार गरेर जुन किसिमको निर्णय गरेको छ, यो निकै हतारको निर्णय हो, यसले राम्रो सन्देश जाँदैन, सरकारले काम अघि बढाउँछ, रोकिँदैन ।’

उहाँले बुढीगण्डकीको बारेमा अदालतले हेरिरहेकोले हतारिएर संसदीय समितिले निर्णय गर्नु आफैमा गलत भएको आरोप लगाउनुभयो । ‘अदालतले निर्णय दिनुपर्दथ्यो, ढिला भयो तर अदालतमा विचाराधिन रहेको विषयमा समितिले हतार–हतार निर्णय गर्नु राम्रो होईन’ उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय मुलुकमा शक्ति पृथकीकरणका सिद्धान्त विपरित कामहरु भैरहेको गुनासो गर्नुभयो । ‘एकले अर्कोलाई हस्तक्षेप गर्ने काम भैरहेको छ, यसले राम्रो सन्देश दिएका छैन’ उहाँले भन्नुभयो । 

मन्त्री शाहीले बुढीगण्डकी नबनाउनु भनेर भन्नु राष्ट्रवादी हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘समितिले कुनै पनि हालतमा काम अघि बढाउनुपर्छ भनेर निर्देशन दिनुपर्दथ्यो, बरु विधि र प्रक्रियाको बारेमा केही गलत भएको पाए सच्याउन निर्देशन दिनुपर्दथ्यो ।’ यद्धपी उहाँले बुढीगण्डकी नेपाल आफैले निर्माण गर्न नसक्ने बताउनुभयो । 

उहाँले गेजुवाको विवादको बारेमा आएका टिप्पणीप्रति धारणा राख्दै भन्नुभयो, ‘गेजुवा पुँजी नभएको कम्पनी होईन, काम नै गर्न सक्दैन भन्नु पनि गलत हुन्छ, हो तर हामीसँग भएका सम्झौताअनुसार काम भयो कि भएन ? यो विषयमा ध्यान दिन जरुरी छ, उसले भएको सम्झौताअनुसार पालना गरेको कि गरेन, त्यसबारेमा क्रस चेक गर्न सकिन्छ, यदि गलत गरेको छ भने त्यहीअनुसार निर्णय लिनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया