MENU

राजनीति

नागरिकसँगको वाचा पूरा नगरी फूलमाला लगाउँदिन : मेयर यादव

महोत्तरी, असोज ११ – महोत्तरी औरही नगरपालिकाका नवनिर्वाचित मेयर सुनिल कुमार यादवले आफूले नागरिकसमक्ष गरेको वाचा पूरा गरेर मात्र फूलमाला र अविर लगाउने बताउनुभएको छ ।  

बुधबार बिहान गौशालामा पत्रकारसँग कुरा गर्दै चुनावको क्रममा आफूले नागरिकसमक्ष गरेको वाचा पूरा भए मात्र नागरिकको घरदैलोमा गएर उनीहरुबाट फूलमाला र अविर लगाएर खुशीयाली मनाइने प्रतिवद्धता जनाउनुभयो । निर्वाचित भएको एक हप्ता वित्दासमेत घरदैलो र नागरिकसँग भेटघाट नगरेका ३० वर्षका मेयर यादवले औरहीलाई आफ्नो कार्यकालमा देशकै नमुना नगरपालिकाको रुपमा परिचित गराउने धारणा राख्नुुभयो । 

वर्तमान समयमा शरत सिंह भण्डारीको गृहनगरको रुपमा परिचित औरही नगरपालिकालाई अब विकास निर्माण गतिलाई तीव्रता दिएर सरसफाइयुक्त बनाउनुको साथै कम समयमा बढी काम गरेर देखाउने उहाँले बताउनुभयो । त्यस्तै नगरभित्र रहेको धार्मिक एवं ऐतिहासिक धरोहर सोनामाई मन्दिरलाई पर्यटन केन्द्रको रुपमा स्थापित गरिने बताउनुभयो ।

मेयर यादवले नागरिकको समस्या समाधान गर्न आफू तत्पर रहेकोले कुनै किसिमको समस्या भए तत्कालै सम्पर्क गर्नका आग्रह गर्नुभयो । मेयर यादवले सबैको सहयोग पाए आफूले पाँच वर्षको अवधिमा उहिलेका गाउँका मुखियाले गर्न नसकेको कार्यहरु आफूले गरेर देखाउने प्रतिवद्धता जाहेर गर्नुभयो । नागरिकले आफूलाई पाँच वर्षसम्मको लागि काम गर्ने अवसर आफूलाई दिइएको तर आफूले उनीहरुको मनोकांक्षा दुई वर्षको अवधिमा पूरा गरेर छाड्ने अठोट व्यक्त गर्नुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया