MENU

राजनीति

वीरगञ्ज महानगर मेयरमा संघीय समाजवादी फोरम, उपमेयरमा कांग्रेस

केसी लामिछाने/उज्यालो । 

पर्सा, असोज ११ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जको मेयरमा संघीय समाजवादी फोरम र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा संघीय समाजवादी फोरम नेपालका विजय सरावगी र उपमेयरमा नेपाली कांग्रेसकी शान्ति कार्की विजयी हुनुभएको हो । 

वीरगञ्जमा मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेसले अग्रता लिएकोमा पछि फोरमले अग्रता लिएको हो । मतगणनाको अन्तिम समयमा फोरमले कांग्रेससँगको मतान्तर बढाउँदै लगेको थियो । 

कसले कति मत ल्याए ?

संघीय समाजवादी फोरम नेपाल
मेयर -विजय सरावगी : १९३९३
उपमेयर -पिंकी यादव : १८५३०

नेपाली कांग्रेस
मेयर -अजयकुमार द्विवेदी: १७१९७
उपमेयर -शान्ति कार्की: १९६०७

राजपा 
मेयर -राजेशमान सिंह: १२१६५
उपमेयर -रम्भा मिश्र: १०६६३

नेकपा एमाले
मेयर -बसुरुद्दिन अन्सारी: ८६८८
उपमेयर -सोफिया आचार्य: १०६६३

माओवादी केन्द्र
मेयर -रहबर अन्सारी: ८३०५
उपमेयर -दुर्गा क्षेत्री: ५०२८

फोरम लोकतान्त्रिक
मेयर -विमल श्रीवास्तव: ८७०१
उपमेयर -रींकू यादव: ७५८६

कुन वडामा को विजयी ?

वडा नम्बर १- वडा अध्यक्षमा काँग्रेसका मनोज गुप्ता
वडा नम्बर २- वडा अध्यक्षमा फोरम नेपालका अब्बास मिया
वडा नम्बर ३-वडा अध्यक्षमा राजपाका बैजु स्वर्णकार
वडा नम्बर ४-वडा अध्यक्षमा काँग्रेसका जगत नारायण साह कानू
वडा नम्बर ५-वडा अध्यक्षमा राजपाका प्रदीप चौरसिया
वडा नम्बर ६-वडा अध्यक्षमा काँग्रेसका ध्रुब नेपाल
वडा नम्बर ७-वडा अध्यक्षमा फोरम नेपालका बसन्त भक्कड 
वडा नम्बर ८-वडा अध्यक्षमा एमालेका राजकिशोर गुप्ता 
वडा नम्बर ९-वडा अध्यक्षमा फोरम नेपालका मनोज कलवार 
वडा नम्बर १०-वडा अध्यक्षमा काँग्रेसका राम नगीना प्रसाद कानु 
वडा नम्बर ११-वडा अध्यक्षमा एमालेका प्रधुमन सेढाई 
वडा नम्बर १२-वडा अध्यक्षमा फोरम नेपालका राम दरश कुशवाहा 
वडा नम्बर १३-वडा अध्यक्षमा फोरम नेपालका तुफान अंसारी 
वडा नम्बर १४-वडा अध्यक्षमा फोरम नेपालका भरत प्र।कु्र्मी 
वडा नम्बर १५-वडा अध्यक्षमा काँग्रेसका गजेन्द्र पटेल 
वडा नम्बर १६-वडा अध्यक्षमा फोरम नेपालका श्याम बाबु चौरसीया 
वडा नम्बर १७-वडा अध्यक्षमा फोरम नेपालका शिवरानी देवी यादव 
वडा नम्बर १८-वडा अध्यक्षमा काँग्रेसका ब्रह्मदेव राउत कु्र्मी 
वडा नम्बर १९-वडा अध्यक्षमा लोकतान्त्रिक फोरमका संतोष तिवारी 
वडा नम्बर २०-वडा अध्यक्षमा माओवादी केन्द्रका पारस यादव 
वडा नम्बर २१-वडा अध्यक्षमा काँग्रेसका हबीब मियाँ 
वडा नम्बर २२-वडा अध्यक्षमा फोरम नेपालका ग्यासुदिन मियाँ 
वडा नम्बर २३-वडा अध्यक्षमा एमालेका अवध किशोर कुशवाहा 
वडा नम्बर २४-वडा अध्यक्षमा काँग्रेसका दशरथ पटेल 
वडा नम्बर २५-वडा अध्यक्षमा फोरम नेपालको विसराज राउत कुर्मी 
वडा नम्बर २६-वडा अध्यक्षमा काँग्रेसका शम्भु मिस्र 
वडा नम्बर २७-वडा अध्यक्षमा एमालेका प्रदिप यादव 
वडा नम्बर २८-वडा अध्यक्षमा फोरम नेपालकी गिरजा देवी कुर्मिन
वडा नम्बर २९-वडा अध्यक्षमा फोरम नेपालका धर्मेन्द्र चौधरी
वडा नम्बर ३०-वडा अध्यक्षमा एमालेका अमानत अन्सारी
वडा नम्बर ३१-वडा अध्यक्षमा काँग्रेसका चुमन चौधरी
वडा नम्बर ३२-वडा अध्यक्षमा राजपाका रियाज़ अहमद

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया