MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

अब साउदी अरेबियामा महिलाले गाडी चलाउन पाउने

काठमाडौं, असोज ११ – साउदी अरेबियामा महिलाले गाडी चलाउन पाउने भएका छन् । महिलालाई गाडी चलाउन अनुमति नभएको विश्वको एक मात्र देश साउदी अरेबियाका राजा सलमानले महिलालाई गाडी चलाउन दिने आदेश जारी गर्नु भएको बिबिसीले जनाएको छ ।  

महिलाले पनि गाडी चलाउन पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुने त्यहाँको सरकारी समाचार संस्थाले जनाएको छ ।

साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी ३० दिनभित्र प्रतिवेदन तयार पार्नेछन् । साउदीका महिला तथा अधिकारकर्मीहरुले महिलालाई गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया