MENU

राजनीति

राजविराज नगरपालिकामा १६ मतले राजपा विजयी

सप्तरी, असोज ११ – सप्तरीको राजविराज नगरपालिकामा राजपा नेपाल विजयी भएको छ । भर्खरै सकिएको मतगणनामा राजपा नेपालका उम्मेदवार शम्भु कुमार यादवले ४ हजार ७ सय ७५ मत ल्याएर मेयरमा विजयी हुनु भएको हो । 

उहाँका निकटतम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपालका भीमराज यादवले ४ हजार ७ सय ५९ मत ल्याउनुभयो । राजपाका शम्भु यादव १६ मतले विजयी हुनु भएको हो । उपमेयरमा पनि राजपा नेपालकै साधना झाले ५ हजार १ सय ९५ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिष्पर्धी फोरम नेपालका किरण कुमारी शाहले ४ हजार ९ सय २४ मत ल्याउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया