MENU

राजनीति

आचारसंहिता उल्लंघनबारे प्रधानमन्त्री, मन्त्री, नेतालाई राखेर छलफल गर्छौं : यादव

काठमाडौं, असोज १२ – प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन आचारसंहिता नमानेको बारे प्रधानमन्त्री, मन्त्रीसहित सबै शीर्ष नेताहरुलाई एकै ठाउँमा राखेर बृहत्त छलफल गर्ने बताउनुभएको छ । 

बिहीबार रिपोर्टर्स क्लब नेपालमा प्रमुख आयुक्त यादवले निर्वाचन आचारसंहिता सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कानून सबैले मान्नुपर्छ, प्रभावकारी रुपमा कानुन मान्नुपर्छ, यो नै लोकतन्त्रको सुन्दर पक्ष हो ।’

उहाँले स्थानीय तहको चुनावमा सरकारबाटै आचारसंहिता उल्लंघन भएको गुनासो गर्नुभयो । यादवले भन्नुभयो, ‘सरकारले आचारसंहिता उल्लंघन गरेको कुरा जनताले हेरिरहेका छन्, यो विषयमा मिडियाले पनि हेरिरहेको छन्, अब उहाँहरुलाई बोलाएर सोध्नुपर्यो नि, हुन त जनता पनि यसको साक्षी बनेका छन् ।’ सरकारले आचारसंहिता उल्लंघन गरेर गम्भीर गल्ती गरेकोमा आपत्ति प्रकट गर्दै उहाँले यसको परिणाम कुर्न चेतावनी दिनुभयो । ‘सरकारबाट आचारसंहिता पालना बारे जे–जे भए यी दुःखद् घटना हो, मन्त्री परिषद विस्तार नगर्नुहोस् भन्दा भन्दै उहाँहरुले गर्नुभयो, अब निर्वाचन हुन दिनुहोस् न, हुन त सय जना पुर्याए पनि पुर्याउनु, तर निर्वाचन नबिथोलियोस्।’

आउँदो मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि चाहिने आवश्यक कानून तथा ऐनहरु आयोगले पाइसकेको समेत उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले कानून पाइसकेका छौं ।’ त्यस्तै उहाँले संसदको म्याद अझै भएकोले यो बीचमा राष्ट्रपति र राष्ट्रिय सभाको चुनावको लागि चाहिने कानून पनि समयमै आउने विश्वास दिलानुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया