MENU

अर्थ

Ncell Axiata

दसैँ बोनस नपाएको भन्दै कर्मचारीले छाडे काम, विद्युत उत्पादन ठप्प

इलाम, असोज १२ – इलाममा दसैँ बोनस नपाएपछि हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका कर्मचारीले बिहीबारबाट काम गर्न छाडेका छन् । ४ दशमलव २ मेगावाट विद्युत क्षमता भएको कम्पनीको उत्पादन गृहका कर्मचारीले काम छाडेपछि विद्युत उत्पादन ठप्प भएको छ । 

जिल्लाको इलाम नगरपालिका–१० मा रहेको हाइड्रोपावर उत्पादन गृहका कर्मचारीले दसैँ बोनस नपाएको र करार सेवा नदिएको तथा न्युन पारिश्रमिक दिएको लगायतका कारण देखाउँदै काम गर्न छाडेको हाइड्रोपावरका कर्मचारी भेषराज नेपालले बताउनु भयो । उहाँले भन्नुभयो, ‘११ वर्ष यताबाट थोरै तलवमा काम गरीरहेकालाई दसैँको मुखमा सधैँ दिइरहेको दसैँ बोनस नदिएपछि काम छोड्न बाध्य भएका हौँ ।’ 

गृहका १२ जना कर्मचारीले काम गर्न छाडेपछि उत्पादन गृहमा पानी खोल्ने, बन्द गर्ने, पावर हाउस खोल्ने, बन्द गर्ने लगायतका काम रोकिएका छन् । कम्पनीका व्यवस्थापन पक्षसँग पटक पटक कुरा गरे पनि सुनुवाई नभएको नेपालको गुनासो छ । केन्द्रिय प्रसारणमा जोडिएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीका अध्यक्ष विरेन्द्र न्यौपाने भने अहिले अमेरिकामा रहेको बताइएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया