MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

चीनमा संचालित उत्तर कोरियाली कम्पनी बन्द गर्न चीनको निर्देशन

असोज १३ – चीनले आफ्नो भूमिमा संचालित उत्तर कोरियाली कम्पनी बन्द गर्न निर्देशन दिएको छ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धको कार्यान्वयनका लागि चीनले पछिल्लो निर्देशन दिएको हो ।

उत्तर कोरियाली कम्पनीहरु आगामी जनवरीभित्र बन्द गरिसक्नुपर्नेछ भने संयुक्त लगानीका कम्पनी पनि बन्द गरिने बिबिसीले जनाएको छ । उत्तर कोरियाको समर्थकमध्येको एक राष्ट्र चीनले यसअघि नै कपडा आयात तथा तेल निर्यातमा प्रतिबन्ध लगाएको थियो  ।

उत्तर कोरियालाई राजनीतिक तथा आर्थिक रुपमा एक्लाइएको छ भने उसका धेरै व्यापार चीनसँग हुने गरेको छ । उत्तर कोरियाले आफ्नो छैठौ ठूलो तथा शक्तिशाली आणविक परिक्षण गरेपछि अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाएको हो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया