MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

मुम्बईको एक रेल स्टेशनमा भागदौड, २२ जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं, असोज १३ – भारतको मुम्बईमा एउटा रेलवे स्टेशन जोड्ने पुलमा शुक्रबार बिहान भागदौड मच्चिँदा २२ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । 

भीडमा च्यापिएर र भाग्ने क्रममा भूइँमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ । ती घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । भारतीय आर्थिक राजनीति मानिने मुम्बई सहर नजिकैको एक स्थानीय रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्कासी भागदौड सुरु भएको थियो ।  

मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशन जोड्ने पुलमा भागदौड मच्चिएको हो । बिहान पानी परिरहेको थियो । त्यस समयमा उक्त स्टेशनमा रेल चढ्न भिड लागेर बसेका नागरिकमा भागदौड मच्चिएको प्रहरीले जानकारी दिएको छ ।  

स्थानीय उक्त रेल स्टेशनमा जम्मा भएर रहेका व्यक्तिहरु अकस्मातको ठूलो बर्षापछि ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि त्यहाँ जम्मा भएका सयौँ व्यक्तिबीच भागदौड मच्चिएको थियो । त्यस क्रममा भूईँमा लडेका व्यक्तिमाथि एकले अर्कोलाई कुल्चिएका थिए । टेलिभिजनहरुले सर्वसाधारण व्यक्तिहरु भूइँमा लडेका, कतिपयले उनीहरुलाई उठाएर अस्पताल लाने तरखर गरेका र कतिपयलाई घटनास्थलमै पानी छम्किएर र प्राथमिक उपचारबाट निको पार्ने कोशिस गरेका दृश्यहरु देखाएका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया