MENU

विचार/अनुभूति

ujyaalo forign call inside

आंशिक प्राध्यापकले यसपटक दसैँ किन नमनाउने ?

ठमिन्द्र खतिवडा -

त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले त्रिविले दश वर्षदेखि गरेको चरम बौद्धिक शोषणको अन्त्य गर्दै सम्पूर्ण आंशिक प्राध्यापकलाई करार गर्ने भनि त्रिवि र नेपाल सरकारसँग पटक पटक भएका सम्झौताको कार्यान्वयन गर्नुपर्ने माग गर्दै ६ महिनादेखि धर्ना, घेराउ लगायत आन्दोलन र ६४ दिनदेखिको रिले अनशन गरिरहेका थिए । तर अाफैले गरेकाे सहमति कार्यान्वयन गर्न सरकार तत्पर नभएपछी अश्विन ११ गतेदेखि आंशिक प्राध्यापकका तर्फबाट संघका अध्यक्ष डाक्टर महेशकुमार गजुरेलले आमरण अनशन शुरु गर्नुभएकाे छ । 

नेपालीको महान चाड वडादसैँको फूलपातीको दिनदेखि नेपाल आंशिक प्राध्यापक संघका अध्यक्ष तथा वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, चितवनका आंशिक प्राध्यापक डा. गजुरेलले आमरण अनशन शुरु गरेकाले त्रिविका सबै आंशिक प्राध्यापकले यो वर्षको दसैँ नमनाउने घोषणा गरेका छन् । आफ्नै सहकर्मी साथी आमरण अनशन जस्तो अत्यन्तै संवेदनशील र जोखिपूर्ण अवस्थामा रहेकोले सबै आन्दोलनमा होमिने र त्रिवि पदाधिकारी र नेपाल सरकारलाई दबाब दिने उद्देश्यले नेपाल आंशिक प्राध्यापक स‌ ले दसैँ नमनाउने निधो गरेका हुन् । 

त्रिभुवन विश्व विद्यालयमा कार्यरत झण्डै १४ सय आंशिक प्राध्यापक पेशागत सुरक्षा र आफ्नो अधिकारका लागि २०६३ सालदेखि अहिलेसम्म शान्तीपूर्ण आन्दोलनमा छन् । प्राध्यापकहरु जहिले पनि शान्तीपूर्ण र बौद्धिक आन्दोलनमा विश्वास गर्ने पेशाका मानिस हुन् र प्राध्यापकले त्यही गरिरहेका छन् । आफ्नो शान्तीपूर्ण आन्दोलनको क्रममा आंशिक प्राध्यापकले कहिले प्रधानमन्त्री निवास वालुवाटार घेर्छन् कहिले माइतीघर मण्डला धर्ना दिन्छन् त कहिले रत्नपार्कमा र्‍याली गर्दछन् । यसरी ज्ञापन पत्र बुझाउने धर्ना दिने, तयारी गर्ने तथा रिले अनशन वास्ता पनि  सरकारले जायज माग पूरा नगरेपछि ६४ दिनको रिले अनशनपछि आमरण अनशन बस्नु परेको हो । 

विश्वविद्यालयमा शैक्षिक वातावरण अगाडि बढाउने क्रममा प्राध्यापकको संख्या कमी भई शैक्षिक वातावरण अस्तव्यस्त हुने अवस्थामा शैक्षिक गतिविधीलाई चुस्तदुरुस्त बनाउन तत्काल कक्षा अवलोकन गरी आवश्यक परिक्षा लिई आंशिक प्राध्यापक राख्ने र निश्चित अवधीपछि करार र स्थायी प्रक्रियामा लैजाने प्रचलन रहि आएकोमा त्रिविको गैर जिम्मेवारीपूर्ण प्रकृति र राजनितीक अस्थिरताले गर्दा आंशिक प्राध्यापकहरुको समस्या पटक पटक बल्झिने गरेको छ । यी बल्झेका समस्याहरु समाधान गर्ने क्रममा २०४६ सालको परिवर्तनपछि तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले २०४७ सालमा त्रिविमा प्रवेश गरेका सम्पूर्ण प्राध्यापकहरुलाई स्वतः स्थायी गरेको थियो भने प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०६२/२०६३ मा एक शैक्षिक सत्र आंशिक प्राध्यापकका रुपमा रही अध्यापन गरेका सम्पूर्ण आंशिक प्राध्यापकलाई दरवन्दीसहितको करारमा नियुक्ति गरिएको थियो । 

विश्वविद्यालयको तत्काल आवश्यकता पूरा गर्न आंशिक प्राध्यापक राख्दै जाने तर लामो समयदेखि करार गर्ने प्रक्रिया र समयमा नयाँ प्राध्यापक नियुक्तिको लागि विज्ञापन नमाग्ने कारणले गर्दा हाल पनि त्रिवि मा आंशिक प्राध्यापकको समस्या विकराल छ । यसका अलावा समाज कामको असमान ज्याला, पेशागत सुरक्षाको प्रत्याभुति नहुन पेशागत विकासका लागि कुनैपनि सुविधा प्राप्त नहुन आंशिक प्राध्यापकले भोग्दै आएका समस्याहरु हुन् । यी समस्या भोग्दै आएका आंशिक प्राध्यापकले आफ्नो हकको लागि यस वर्षको दसैँ नमनाउने भएका हुन् । 

नेपालीको महान चाड दसैँमा आमरण अनशनमा रहेका प्राध्यापकको माग समाधान गर्ने कुरामा त्रिवि सरकार तथा यसका सरोकारवाला निकाय संवेदनशील बन्नुपर्ने हुन्छ । 

   

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • आलोचकलाई नै अलमल्याउने विज्ञ अर्थमन्त्रीको ‘वास्तविक’ बजेट

    मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट भाषण गरिरहँदा सत्तापक्षका सांसदको अनुहारमा पनि त्यति चमक देखिएन । शिक्षा, रोजगारी, कृषि, भौतिक पूर्वाधार, पर्यटन लगायतका केही आकर्षक कार्यक्रम घोषणा भैरहँदा ताली बजे पनि बजेट सकिएपछि भने बजेटलाई कस्तो भन्नेबारे पूर्व अर्थमन्त्री नै अलमलिए ।

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया