MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

स्पेन : क्याटालोनियाको जनमत संग्रह अन्यौलमा, गुगलले हटाइदियो भोटिङ एप्लिकेसन

काठमाडौं, असोज १४ – स्पेनबाट क्याटालोनियालाई टुक्राउने कि नटुक्राउने भन्ने निर्णय गर्न आइतबार जनमत संग्रह हुने भएको छ । जनमत संग्रहको पूर्व सन्ध्यामा क्याटालोनियाका नागरिकले बार्सिलोनामा विशाल जुलुस निकालेका छन् ।  

क्याटालोनियाका प्रमुख काल्र्स प्युग्डेमोन्टले जनमत संग्रहले क्याटालोनियालाई स्वतन्त्र राज्यका रुपमा स्थापित गर्न मद्धत गर्ने बताउनुभएको छ । तर स्पेन सरकारले भने जनमत संग्रह रोक्ने प्रयास गरिरहेको छ । जनमत संग्रहको विरोध गर्दै आएको सरकारले १३ सय मतदान केन्द्र सिल गरिदिएको छ ।  

स्पेनको संवैधानिक अदालतले जनमत संग्रह संविधान विपरितको काम भएको बताएको छ । क्याटालोनियामा हजारौँ सुरक्षाकर्मी तैनाथ गरिएको छ । जनमत संग्रह अनलाइन मार्फत भोट गर्न बनाइएको मोबाइल एप्लिकेसन पनि गुगलले हटाइदिएको छ । ७० लाख भन्दा धेरै जनसंख्या रहेको क्याटालोनियाका बासिन्दाले आफ्नो छुट्टै भाषा, संस्कृति रहेको भन्दै स्वतन्त्र राज्यको मान्यता दिन माग गरिरहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया