MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

कंगोमा सैनिक विमान दुर्घटनाग्रस्त, कैयौँ सैनिक मारिएको आशङ्का

असोज १५ - कंगोमा यहाँको राष्ट्रिय सेनाको एक कार्गो बिमान शनिबार बिहान दुर्घटनामा परेको छ । सो विमानमा चालक दलका नौ जना सदस्य र अरुप नि केही सैनिक रहेको हुनसक्ने अनुमान गरिएको छ । उक्त विमान दुर्घटनाग्रस्त भएको स्थान पत्ता लागेकोले सो क्षेत्रमा अर्को विमान जान लागेको छ । 

सेनाको सो जहाज कार्गो लिएर गएको थियो । उक्त विमान राजधानी किन्सासाबाट कामेलीतर्फ लागेको थियो । तर जहाजमा प्राविधिक समस्या देखा परेकोले कामेली जान नसही बिमान राजधानीतर्फ नै फर्केको थियो । 

दुर्भाग्यबस राजधानी किन्सासा पुग्नुभन्दा केही समयमात्र अघि जहाज दुर्घटनामा परेको छ । राजधानी किन्सासा पुग्न करिब १०० किलोमीटर बाँकी रहँदा सो विमान खेतमा खसेको थियो । 

सैनिक स्रोतले आफ्नो नाम नबताउने सर्तमा सो विमानमा रहेका सबैजनाको ज्यान गएको बताएको छ । त्यस विमानमा अरु कतिजना यात्रु थिए भन्ने बारेमा अझै स्पष्ट भएको छैन । - रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया