MENU

विज्ञान प्रविधि

Ncell Axiata
NIC Asia

नोकिया ३३१० मा अब ‘थ्री–जी’ नेटवर्क, कुन देशमा पहिले पाइने ?

असोज १५ – मोवाइल फोनको पिताको रुपमा चिनिने गरेको नोकिया ३३१० थ्री जी नेटवर्कमा आउने भएको छ । सन् २००० को मोडल नोकियाको सर्वाधिक चर्चित फोन ३३१० १२ वर्षपछि गएको फेब्रुअरीमा एमएमडीले फेरि बजारमा ल्याउने घोषणा गरेको थियो । यो फोनको उत्पादन सन् २००५ मा बन्द भएको थियो । गएको मे र जुनमा परिमार्जन सहितको नोकिया ३३१० दुई दशमलव ५ जी नेटवर्कका साथ बजारमा आयो । एचएमडीले १७ वर्ष पुरानो सानो तथा हलुको फोनलाई परिमार्जनसहित बजारमा ल्याएको हो ।

नोकियाको ३३१० मोवाइल १२ वर्षपछि फेरि बजारमा, एक महिनासम्म टिक्ने ब्याट्री

ऐतिहासिक स्नेक गेमका पारखीका लागि नोकिया ३३१० आउनु खुशीको कुरा बन्यो । तर नेटवर्कका कारण केही अजसजिलो भने भएको थियो । अब भने थ्री जी नेटवर्कका साथ नोकिया ३३१० आउने एचएमडीले जनाएको छ । थ्री जी नेटवर्कसहितको नोकिया ३३१० सबैभन्दा पहिले अस्ट्रेलियामा रिलिज हुने भएको छ । अस्ट्रेलियामा अक्टोबर १६ मा यो फोन उपलब्ध हुनेछ । सिंगापुर, अमेरिका, न्युजिल्याण्डसहितका अरु देशमा भने त्यसपछि रिलिज हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया