MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

क्याटेलोनिया स्पेनबाट छुट्टिने जनमत पाएको स्थानीय नेताको दाबी

असोज १६ – तनावका विच भएको जनमत संग्रहमा क्याटेलोनियाले स्पेनबाट छुट्टिने जनमत पाएको त्यहाँका नेताहरुले दाबी गरेका छन् । स्पेनको केन्द्र सरकारको हस्तक्षेपका बिच भएको जनमत संग्रहमा ९० प्रतिशत नागरिकले स्पेनबाट क्याटेलोनिया छुट्टिने निधो गरेको काल्र्स पुइज्डेमोन्टले बताएको बीबीसीले जनाएको छ ।

उनले जनमत संग्रहको यो नजितासँगै क्याटेलोनियाले स्पेनबाट छुट्टिने अधिकार पाएको बताएका छन् । जनमत संग्रहको नतिजा केहिदिनमा क्याटेलोनियाको संसदमा पठाइने र त्यहिँबाट क्याटेलोनिया छुटिने औपचारिक निर्णय हुने बीबीसीले जनाएको छ ।

स्पेनको अदालत र स्पेन सरकारले भने जनमत संग्रह असंवैधानिक रहेको बताएका छन् । स्पेनको राजधानी बार्सिलोना र अन्य सहरमा जनमत संग्रहपक्षधर र प्रहरीविच झडप हँुदा ३ सय भन्दा धेरै घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया