MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

लस भेगासमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

असोज १७ – अमेरिकाको लस भेगासमा एक बन्दुकधारीले अन्दाधुन्द चलाएको गोलि लागेर ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ । ५ सय २७ जना घाइते भएका छन् । लस भेगासको एक होटलमा भइरहेको संगीत महोत्सवमा ६४ वर्षका स्टेफेन पेडकले गोलि चलाउँदा ज्यान गुमाउनेको संख्या ५९ पुगेको बिबिसीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार बन्दुकधारीले सयौँ राउण्ड गोलि प्रहार गरेका थिए । घटनापछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको र केहि हवाइ उडानहरुको गन्तव्य परिवर्तन गरिएको छ । घटनाको निन्दा गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ’दुष्टताले भरीपूर्ण क्रियाकलाप’ भन्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया