MENU

अर्थ

Ncell Axiata
NIC Asia

नेप्से आज झण्डै सात अंकले बढ्यो

काठमाडौं, असोज १७ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ७ अंकले बढेको छ । दसैँको बिदा पछि मंगलबार खुलेको शेयर बजार ६ दशमलव ८९ अंकले बढेपछि नेप्से १६५६ अंकभन्दा उकालो लागेको हो ।

सबै समूहको परिसूचक बढेको दिन सबैभन्दा धेरै जलविद्युत समूह झण्डै ६४ अंकले उकालो लागेको छ । त्यस्तै होटल २८ दशमलव ५९, बिमा ९ दशमलव २२ र ब्याङ्किङ समूह ५ दशमलव ६६ अंकले बढेको छ ।

नेप्से बढेपनि कारोबार रकम भने १४ करोडको हाराहारीमा खुम्चिएको छ । १४ करोड ५२ हजार १ सय ५० रुपैयाँको कारोबार भएको दिन मंगलबार सबैभन्दा धेरै नेपाल इन्भेष्टमेण्ट ब्याङ्कको कारोबार भएको छ ।

इन्भेष्टमेण्ट ब्याङ्कको शेयर ४ करोड ८८ लाख भन्दा धेरैको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया