MENU

समाज

काठमाडौंमा बिहानै परकम्प

काठमाडौं, असोज १८ – काठमाडौं बुधबार बिहान परकम्प गएको छ । बुधबार बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा अलि धेरै महशुस गरिएको थियो । यो परकम्प २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प रहेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार ७ दशमलव ८ रेक्टर स्केलको यो भूकम्पपछि अहिलेसम्म ४ सय ८६ पटक परकम्प गएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया