MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

क्याटालोनिया केही दिनभित्र स्पेनबाट स्वतन्त्रः क्याटलान नेता

असोज १८ – क्याटालोनियाका नेताले केही दिनमा स्पेनबाट क्याटालोनिया स्वतन्त्र भएको घोषणा गर्ने बताएका छन् । बिबिसीसँगको अन्तर्वार्ताको क्रममा क्याटालोनियाका क्षेत्रीय नेताले केही दिनमा क्याटालोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गर्ने बताएका हुन् ।

आइतबार भएको जनमतसंग्रहपछिको पहिलो अन्तर्गवार्ताको क्रममा नेता कार्लेस पुइग्डमन्टले यो हप्ताको अन्त्य वा अर्को हप्ताको सुरुमा ठोस निर्णय गर्ने बताउनुभएको हो । 

यसैबिच स्पेनका राजा फेलिपे छैटौंले जनमतसंग्रहको आयोजना गरेर क्याटालोनियाले आफूलाई कानुन भन्दा बाहिर लगेको बताउनुभएको छ । क्याटालोनिया संकटका बारेमा पहिलो पटक सम्बोधन गर्नुभएका राजा फेलिपे छैटौंले अहिलेको अवस्था स्पेनका लागि निकै गम्भीर रहेको बताउनुभयो । उहाँले सबै पक्षलाई एकताका लागि आह्वान समेत गर्नुभएको छ ।

स्पेनबाट अलग हुन चाहेको क्याटालोनियामा आइतबार जनमतसंग्रह भएको थियो । स्पेनको संवैधानिक अदालतले अवैध भनेको जनमतसंग्रहमा भोट दिएका झण्डै ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मत खसालेको क्याटालोनियाका नेताको दाबी छ ।

तर स्पेन सरकारले भने यसलाई अवैध भन्दै आएको छ । जनमतसंग्रहमा मतदातालाई रोक्ने प्रयासमा लागेको प्रहरीको कारवाहीमा ९ सय भन्दा बढी घाइते भएका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया