MENU

विचार/अनुभूति

ujyaalo forign call inside

मोटोपनले सन्तान नहुन सक्छ

डा. स्वस्ती शर्मा –

कुनै पनि परिवार नियोजनको साधन प्रयोग नगरेका दम्पतीहरुको विवाह भएको एक वर्षसम्म सन्तान भएन भने त्यस्तो अवस्थालाई बाँझोपनको अवस्था भनिन्छ । यो महिला र पुरुषमा बराबर हुन्छ । 

बाँझोपन दुई प्रकारको हुन्छ

पहिलो चरणको बाँझोपन–जन्मजात सन्तान जन्माउने क्षमता नभएको अवस्था नै पहिलो चरणको बाँझोपन हो । यो पुरुषको बिर्यमा शुक्रकिट कम हुनु वा नहुनु, महिलाको महिनावारीमा गडबडी, सेतो पानी बग्ने, हर्मोनको गडबडी, पुरुष अध्याधिक गर्मी ठाउँमा काम गर्नु आदि पहिलो चरणको अथवा प्राथमिक बाँझोपनको कारण हुन सक्छन् । महिलामा यो बाँझोपनको लक्षण सजिलै थाहा पाउन सकिन्छ तर पुरुषमा भने परीक्षण पछि मात्र थाहा पाउन सकिन्छ ।

दोस्रो चरणको बाँझोपन–पहिलो सन्तान भइसकेपछि दोस्रो सन्तान जन्माउन समस्या हुने । पहिलो सन्तान जन्माउँदा हुने संक्रमण, गर्भपतन गर्दा, महिलाको अण्ड नलीको मुख बन्द हुँदा यस्तो समस्या आउन सक्छ ।

गर्भनिरोधक चक्कीले बाँझोपन ल्याउँदैन

गर्भनिरोधक चक्की अथवा परिवार नियोजनको साधनको प्रयोगले बाँझोपन ल्याउँछ भन्नु भ्रम मात्र हो । गर्भ निरोधक चक्कीको कुरा गर्ने हो भने २१ दिनसम्म खाएर छोडेपछि महिनावारी पछि महिलाको प्रजनन अंगमा उत्पादन हुने हर्मोनहरु पहिलाकै स्थानमा फर्कन्छन् । तीन महिने सुईको काम पनि यस्तै नै हो । नरप्लान्ट तथा डिपोप्रोभेरा जस्ता साधनको प्रयोगपछि महिलाको प्रजनन् क्रियाकलापमा अवरोध हुन्छ । लगातार तीन चार वर्षसम्मको प्रयोग पछि यो पहिलेकै अवस्थामा आइपुग्न केही समय पक्का लाग्छ । तर यसको मतलव बाँझोपन नै हुन्छ भन्ने चाहिँ पक्कै होइन ।

मोटोपनले प्रजनन् क्षमतामा कमी ल्याउँछ

अहिले महिलामा धेरै देखिने समस्या भनेको पोलिसिस्टिक ओभरियन डिजिज हो, अण्डा समयमा नबन्ने समस्या । महिनावारीको १४ औँ दिनमा अण्डाशयबाट अण्डा निस्किएर फुट्ने प्रक्रियालाई यो समस्याले रोक्छ । अण्डाशयबाट परिपक्क अण्डा निस्कनलाई अवरोध हुने भएपछि बच्चा बन्ने सम्भावना पनि कम रहन्छ ।  यो सँगै मोटोपन भएको महिलामा थाइरोइड, मधुमेह भएको महिलाको प्रजनन् क्षमता कम हुन्छ । महिनावारी गडबढ हुने यो समस्याको पनि लक्षण हो । महिलाको पाठेघरको मुख बन्द हुनाले पनि बच्चा नबस्ने समस्या आउँछ ।

समाधान

बाँझोपनको प्रकार अनुसार यसको समाधान हुन्छ । पोलिसिस्टिक ओभरियन डिजिज छ डाक्टरको सल्लाह अनुसार महिनावारीको दोस्रो दिनदेखि औषधि प्रयोग गर्नुपर्छ । डाक्टरको निगरानीमा १४ औँ दिनमा अण्डा बाहिर निस्कने समयमा संभोग भएमा गर्भ रहन सक्छ । यसो गर्दा भएन भने कृत्रिम गर्भाधान गर्नुपर्छ । कृत्रिम गर्भाधानको दुई प्रक्रिया छन्, आइ ओ आई र टेस्ट ट्युब बेबी ।

महिलाको पाठेघरको मुख बन्द छ भने पाठेघरमा बच्चा बस्न पाउँदैन । पुरुषको शुक्रकिट अत्यन्तै कम छ भने यो अवस्थामा टेस्टट्युब बेबी विधिको माध्यमले बच्चा जन्माउन सकिन्छ ।

पुरुषको हकमा शुक्रकिटको संख्यासँगै शुक्रकिटको गति पनि हेर्नुपर्छ । गति कम भएमा औषधिको प्रयोग गर्न सकिन्छ । 

समस्या छ भन्ने शंका लागेमा

  • जोडिनै चिकित्सक कहाँ जाने, 
  • सकारात्मक सोचको विकास हुनुपर्छ ।
  • एक अर्कालाई सहयोग गर्नुपर्छ ।
  • व्यायाम गर्ने, आधा घण्टा पसिना आउने गरी हिँड्ने ।
  • चिया कफि कम खाने ।
  • सन्तुलित खाना खाने ।

(स्त्री रोग विशेषज्ञ डा. स्वस्ती शर्मासँग सुजाता खत्रीले गरेको कुराकानीमा आधारित)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सरकारका सय दिन : कुरा ठूला, खुट्टा लुला !

    कम्तीमा पनि सरकारले बितेका सय दिनमा सडकका खाल्डाखुल्डी पुर्न सक्थ्यो । काम भैरहेका ठाउँमा धुलो कम गर्न ठेकदारलाई बाध्य पार्न सक्थ्यो । काठमाडौंबाट नागढुंगा पुुग्ने, हेटौडा जाने जस्ता सयौं असजिला सडकलाई गिटी हालेर वा माटो पेलेर सहज बनाउन सक्थ्यो ।

  • ​कोरियामा धन देखेर मन हराएकाहरु

    हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

  • मुख्यमन्त्री शेरधन राईलाई खुल्ला पत्र

    सबैलाई एकजुट बनाउनुस् जनता छन् जागेका, हेर्न मन छ मिक्लाजुङ चढ्न पर्यटक ताँती लागेका । सुनसरीमा खेती सनपाट र केराको, खान पाइयोस् चामल डिहिटार र सेराको । लेगुवाका माछा गुद्रीमा बिकुन्, प्रदेश हाम्रो हेरी अरुले सिकुन् ।

  • ​कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

    हुन त उनी दाइजोका कट्टर विरोधी हुन् । बिहे पनि जनवादी ढंगले भएको हो । प्रगतिशील मान्छेको जनवादी बिहेमा दाइजो आउने कुरा भएन । तर बिहेको दिन नआएर के भयो ! श्रीमतीकै बाआमाले दाइजो दिनुपर्छ भन्ने के छ ? यो त परम्परावादी सोच भयो ।

  • खैरे र कैलेहरुको एकता हो कम्युनिष्ट एकता

    एकता गर्ने घोषणा गरेको झण्डै ८ महिनापछि नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एक भएका छन् । एमाले ०३०/०३५ सालसम्म रातै थियो । अहिले बिग्रदा बिग्रदा कैलो हुन आइपुग्यो । माओवादी पनि ०६२/०६३ सम्म रातै थियो । त्यो पनि बिग्रँदा बिग्रँदा अहिले खैरो हुन आइपुग्यो ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया