MENU

अर्थ

Ncell Axiata
NIC Asia

​रियाल र दिर्हामको मूल्य बढ्यो, रिंगिटको मूल्य कमजोर

काठमाडौं, असोज १८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८७ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७० पैसा र विक्रिदर २८ रुपैयाँ ८७ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ६५ पैसा र विक्रिदर २४ रुपैयाँ ८० रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १५ पैसा र विक्रिदर ९ रुपैयाँ २० पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ७४ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ७३ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७७ रुपैयाँ र विक्रिदर २ सय ७८ रुपैयाँ ६० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया