MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

​लस भेगासमा आक्रमण गर्ने प्याडककी केटी साथीलाई अमेरिका झिकाइयो

असोज १८ – अमेरिकी सहर लस भेगासमा आइतबार राति भिषण आक्रमण गरी कम्तीमा ५९ जनाको ज्यान लिने स्टेफन प्याडककी केटी साथीलाई अमेरिका झिकाइएको छ । 

अमेरिकी प्रहरीले बन्दुकधारीले लस भेगासमा गरेको आक्रमणको उद्देश्य पत्ता लगाउने प्रयास जारी राखेको छ । यसै क्रममा उनलाई पनि अमेरिका झिकाइएको हो । प्रहरीले उनीहसँग आवश्यक सोधपुछ गर्ने जनाइएको छ । 

प्रहरीले भनेको छ, ‘के कति कारणले सो आक्रमण भएको हो र त्यस आक्रमणकारीको सम्बन्ध कोसँग छ भन्ने बारेमा अनुसन्धान जारी छ, सोही क्रममा उनकी केटीसाथी मार्लो डेन्लीसँग पनि सोधपुछ गरिने छ ।’

मार्लो हाल फिलिपिन्समा बस्दै आएकी छिन् । उनी अष्ट्रेलियन नागरिक हुन् । उनी झण्डै २० वर्षअघि क्यासिनोमा काम गर्न अमेरिका पुगेको अष्ट्रेलिया सरकारले मंगलबार मात्र जानकारी दिएको थियो । 

आक्रमणमा प्रारम्भिक रुपमा ६४ वर्षका अमेरिकी नागरिक स्टेफन प्याडकको प्रत्यक्ष संलग्नताको पुष्टि भएको छ । उनले लस भेगसमा आइतबार राति कन्सर्ट भैरहेको ठाउँमा जम्मा भएका सयौँ व्यक्तिमाथि गोली चलाएका थिए ।उनले  अन्धाधुन्ध चलाएको गोलीबाट ५९ जनाको ज्यान गएको छ भने ५ सय भन्दा बढी घाइते छन् । उनी बसेको सोही होटलको ३२ औँ तल्लाबाट अत्याधुनिक बन्दुकले आक्रमण गरेका थिए । 

अमेरिकी प्रहरीले भनेको छ,  ‘६२ वर्षकी मार्लोलाई हिरासतमा लिइने छैन र उनी जहाँ उपस्थित हुन चाहन्छिन्, सोही स्थानमा पुगेर हामीले अनुसन्धान गर्नेछौँ ।’प्रहरीले उनीसँगको सम्बन्धका बारेमा बुझ्ने छ । साथै प्याडकको विगतको बानी ब्यहोरोको बारेमा पनि उनीसँग बुझ्ने बताइएको छ । 

प्याडकले नरसंहार गर्नुअघि आफ्नी केटीसाथीलाई एक लाख अमेरिकी डलर पठाएको तथ्य प्रहरीले भेटेको छ । सोही कारण पनि उनीसँग सो कुरा बुझ्न खोजेको हो । 

अमेरिकी इतिहासमा नै यो सबैभन्दा खराब तथा डरलाग्दो नरसंहार भएको प्रहरीको भनाई छ । यसले लस भेगासमात्र नभई अमेरिका नै स्तब्ध भएको बताइएको छ । गोलीकाण्डमा घाइते भएका ५२७ जनाको अवस्था हेर्दा आक्रमण कस्तो खालको थियो र त्यति धेरै नरसंहार कसरी भयो भन्ने बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ । 

घाइतेको उपचारमा संलग्न चिकित्सकहरुका अनुसार सो आक्रमण एकै व्यक्तिले गर्न असम्भव रहेको, आधुुनिक हतियारले सो हमला गरिएको र घाइतेहरुमा शरीरभरि गोलीका दाग र घाउहरु रहेका छन् । 

घटनाको आइएसले जिम्मेवारी लिएको भए पनि त्यसमा कुनै सत्यता नरहेको प्रहरी भनाई छ । प्रहरीले उक्त आक्रमणकारीको विगतमा आतंककारीसँग कुनै संलग्नता रहेको सूचना भेटेको छैन । 

आइएसले भने संगठनको आग्रहमा नै उक्त हमला भएको जनाएको छ । यसको जिम्मेवारी पनि आइएसले लिने पनि विभिन्न सञ्चारमाध्यमहरुमा उनीहरुले पठाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया