MENU

बातावरण-कृषि

Ncell Axiata
NIC Asia

चितवनको मेघौलीबाट गैँडाको बच्चा उद्धार

चितवन, असोज १९ – पटक–पटक गाउँमा आएर स्थानीय बासिन्दालाई दुःख दिएपछि दुर्लभ एकसिंगे गैँडाको बच्चालाई उद्धार गरी चितवनको सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा लगिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार झण्डै दुई वर्षको भाले गैँडालाई भरतपुर महानगरपालिका–२७ मेघौलीको बुद्धनगरबाट उद्धार गरी सौराहा लगिएको हो । 

यो गैँडालाई यसअघि दुई पटकसम्म स्थानीय वनको भित्रि भागमा पुर्‍याएर छाडिएको थियो । तर यो गैँडाले फेरि गाउँमा आएर दुःख दिएपछि हात्तीले धपाएर कसरा पुर्‍याइएको भए पनि फेरि फर्किएर आएपछि उद्धार गरी सौराहा लगिएको हो । 

संरक्षण कोषमा यसअघि बाढीपछि उद्धार गरी ल्याइएको एउटा बच्चा गैँडा पनि रहेको छ । यो गैँडासँगै यसलाई राख्ने कँडेलले बताउनुभयो । गैँडालाई खोरमा राखी सौराहा लगिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार बेहोस गराई गैँडा लगिएको हो । रासस

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​उद्योगी र उखु किसानबीच सहमति

    सर्लाही, मंसिर २७ –उद्योगी र उखु किसानका प्रतिनिधिबीच गत वर्षकै न्यूनतम मूल्य रहने गरी उखु क्रसिङ सुरु गर्ने सहमति भएको छ ।

  • काठमाडौंमा आज यो वर्षकै कम तापक्रम

    काठमाडौं, मंसिर २७ – काठमाडौंमा बुधबार बिहान यो वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार बिहान काठमाडौंको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।

  • समुद्री चरा संकटमा

    मंसिर २६ – माछा मार्ने क्रम बढ्नु र बदलिँदो समुद्री तापक्रमका कारण समुद्रमा आधारित चरा लोप हुने अवस्थामा पुगेको नयाँ तथ्यांकले देखाएको छ । विश्वमा चराको संख्याका बारेमा भएको नयाँ अध्ययन अनुसार समुद्रमा आधारित चरा अस्तित्वका लागि संघर्षमा रहेको देखिएको हो ।

  • बझाङमा पनि हिमपात : जनजीवन प्रभावित

    डीबी विष्ट / उज्यालो  बझाङ, मंसिर २६ – बझाङमा वर्षासँगै हिमपात भएको छ । सोमबार रातीबाट प...

  • वर्षा नहुँदा गहुँ छर्न समस्या

    बैतडी, मंसिर २१ – आकाशे पानीको भरमा खेती गर्दै आएका बैतडीका किसानले अहिलेसम्म वर्षा नहुँदा गहुँ छर्न पाएका छैनन् ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया