MENU

राजनीति

ujyaalo forign call inside

संवैधानिक निकायमा नियुक्ति गर्न राज्य व्यवस्थाको सरकारलाई निर्देशन

काठमाडौं, भदौ २५ - व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले एक महिना भित्र संवैधानिक निकायका प्रमुख नियुक्ति गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरवारमा आइतबार बसेको समितिको बैठकले विगतमा झलनाथ खनाल नेतृत्वको सरकारलाई पटक पटक आग्रह गर्दा पनि नियुक्ति प्रकृया अगाडी नबढेको भन्दै समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो । समितिले एक महिना भित्र संवैधानिक निकायमा नियुक्त गरेर त्यसको यथासिघ्र जानकारी गराउनपनि सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै नयाँ सरकार बन्ने बित्तिकै राजदुत लगायत विभिन्न क्षेत्रमा नियुक्ति परिवर्तन हुने गरेको भन्दै त्यस्तो अवस्था अन्त्यका लागि नयाँ नीति तर्जुमा गर्न राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको छ । नयाँ संविधान जारी हुने बित्तिकै मुलुक संघीय संरचनामा जाने भन्दै त्यसको कार्यान्वयनका लागि प्रशासकिय संरचना लगायत विभिन्न आधार तयार गर्न समितिले सरकारलाई भनेको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया