MENU

साहित्य/ कला

Ncell Axiata

नोबेल साहित्य पुरस्कार बेलायती उपन्यासकार काजुओ इशिगुरोलाई

असोज १९ – यस वर्षको नोबेल साहित्य पुरस्कार बेलायती उपन्यासकार काजुओ इशिगुरोलाई प्रदान गरिएको छ ।

 

बिहीबार स्वीडेनको राजधानी स्टकहोममा आयोजित एक समारोहमा २०१७ को नोबेल साहित्य पुरस्कार ब्रिटिश उपन्यासकार काजुओ इशिगुरोलाई दिइने घोषणा गरिएको हो । जापानी मूलका ब्रिटिश लेखक इशिगुरोको प्रशंसा गर्दै स्वीडिश एकेडेमीले भनेको छ, ‘भावनात्मक शक्तिको सहायताले दुनियाँसगको हाम्रो भ्रमपूर्ण सम्बन्धको अनूभूतिलाई इशिगुरोका कृतिले योगदान पुर्याएका छन् ।’

२०१६ मा अमेरिकी गायक बब डिलनलाई नोबेल साहित्य पुरुस्कार दिँदा विवाद भएको थियो । धेरैले गीतलाई साहित्य विधामा राख्न नसकिने भनेर एकेडेमीकै आलोचना गरेका थिए । 

यस वर्षको नोबेल साहित्यले पनि धेरैलाई आश्चर्यमा पारेको हुन सक्छ । यो पल्ट केन्याली लेखक नगुगी वा थियोङ्गो, क्यानडेली लेखक मार्गरेट एटवुड, जापानी लेखक हारुकी मुराकामीलगायतका साहित्यकारको चर्चा बढी थियो । 

काजुओ इशिगुरोले आठ वटा पुस्तक लेखक छन् भने ४० भन्दा बढी भाषामा अनूदित भएका छन् । उनको सबैभन्दा चर्चित पुस्तकहरुमा ‘द रिमेन्स अफ् द डे’ र ‘नेभर लेट मि गो’ हुन् । यी पुस्तकमा आधारित भएर चलचित्र पनि बनेका छन् । इशिगुरोले एक अन्तर्वार्तामा  ‘द रिमेन्स अफ् द डे’ चार हप्तामै लेखेर सकेको बताएका थिए । 

को हुन् इशिगुरो ?

–इशिगुरो जापानको नागासाकीमा सन् १९५४ मा जन्मेका थिए । बुवाले समुद्र वैज्ञानिकका रुपमा काम पाएपछि उनी पाँच वर्षको उमेरमा बुवासँगै बेलायत सरेका थिए । 
–उनले केन्ट विश्वविद्यालयमा अंग्रेजी र दर्शनशास्त्रको अध्ययन गरेका थिए । 
–उनले युनिभर्सिटी अफ् इस्ट एंग्लियाबाट क्रियटिभ राइटिङमा मास्टर गरेका थिए । जहाँ एन्जेला कार्टर र माल्कोल्म ब्राडबरीजस्ता चर्चित लेखकहरु उनका गुरु थिए । 
–इशिगुरोको थेसिस नै उनको पहिलो उपन्यासका रुपमा प्रकाशित भएको थियो । सन् १९८२ मा प्रकाशित ‘अ पेल भ्यू अफ् हिल्स’ नामको उपन्यासले निकै चर्चा बटुलेको थियो । 
– इशिगुरोले सन् १९८९ मा ‘द रिमेन्स अफ् डे’ का लागि बुकर पुरस्कार प्राप्त गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया