MENU

खेल

Ncell Axiata
NIC Asia

बोलिभियासँगको बराबरी खेलपछि ब्राजिलका खेलाडीले लगाए अक्सिजन मास्क

असोज २० – अर्को वर्ष रसियामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेको टोली ब्राजिललाई बोलिभियाले गोलरहित बराबरीमा रोकेको छ ।

 

पाँच पटकको विश्व च्याम्पियन ब्राजिलको प्रयासलाई बोलिभियाका गोलरक्षक कार्लोस लाम्पेले विफल पारिदिए । लाम्पेले पाँचवटा उत्कृष्ट बचाउ गरे । बोलिभिया पुछारबाट दोस्रो स्थानमा रहेको छ भने विश्व कपको छनौट यात्राबाट बाहिरिसकेको छ । दक्षिण अमेरिकाबाट बोलिभियासहित इक्वेडर र भेनेजुएला पनि बाहिरिइसकेको छ । 

सन् १९३० देखि सुरु भएको विश्वकप फुटबलमा प्रत्येक पल्ट सहभागी हुने एक मात्र टोली ब्राजिल हो । 

बोलिभियाको राजधानी ला पाजमा रहेको स्टाडियो हर्नान्डो साइल्स रंगशालामा बिहीबार राति भएको खेलमा ब्राजिलियन खेलाडीहरु हाइ अल्टिच्यूड सिकनेस (लेक लाग्ने) समस्याबाट ग्रसित भएका थिए । समुद्री सतहबाट ३७३६ मिटरको उचाइमा रहेको यो रंगशालामा ब्राजिलियन टोलीले उत्कृष्ट खेल प्रस्तुत गरे पनि गोल भने गर्न सकेन । 

सन् २००७ मा फिफाले समुद्री सतहबाट २५ सय मिटरभन्दा बढी उचाइीमा रहेका रंगशालामा प्रतिबन्ध लगाएपछि बोलिभियाको इस्टाडियो रंगशाला पनि प्रतिबन्धमा परेको थियो । प्रतिबन्ध लागेको एक वर्षपछि सन् २००८ मा फिपाले प्रतिबन्ध फुकुवा गरेको थियो । 

सन् २०१३ मा बोलिभिया र अर्जेन्टिनाबीचमा खेल भैरहँदा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र रियल मड्रिडका खेलाडी एन्जेल डि मारिया लेक लाग्ने समस्याबाट ग्रसित भएका थिए ।

बिहीबारको खेलमा पनि ब्राजिलियन टोलीका खेलाडीहरुलाई श्वासप्रश्वासमा समस्या आएको थियो । त्यसैले खेल सकिने बित्तिकै उनीहरुले अक्सिजनको मास्क लगाएका थिए । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया