MENU

अर्थ

Ncell Axiata

ओमानबाट भित्रिने रेमिट्यान्स घट्यो

असोज २० – ओमानबाट नेपाल सहित एसियाका विभिन्न देशमा भित्रिने रेमिट्यान्स यो वर्ष घटेको छ । ओमानमा तेलको मूल्य कमजोर हुनु र विदेशी कामदारले नियमित तलब नपाएका कारण यो वर्ष ओमानबाट नेपाल सहित एसियाका देशमा भित्रने रिमिट्यान्स घटेको हो । 

एसियाली देशहरुमा भारत सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने देश भएपनि यो वर्ष भारत, श्रीलंका, बंगलादेश र फिलिपिन्समा भित्रिने रेमिट्यान्स ३५ प्रतिशत कम भएको ओमानको सटही केन्द्रलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

वार्षिक रुपमा तलब नबढ्नु र धेरै विदेशी कामदार स्वदेश फर्किएकाले पनि यो वर्ष अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स घटेको ओमानको एसियन एक्सचेन्ज एक्सप्रेसले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विदेशी मुद्राको विनिमय दर

    काठमाडौं, कात्तिक २ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५० पैसा र विक्रिदर २८ रुपैयाँ ६६ पैसा छ ।

  • ​दिनारको मूल्य बढ्यो, रियाल, रिंगिट र दिर्हाम पनि उकालो लाग्दै

    काठमाडौं, कात्तिक १ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

  • शेयरमा लगानी गर्न चाहनेलाई जानकारी दिन सफ्टवेयर

    काठमाडौं, असोज ३१ – शेयरमा लगानी गर्न चाहनेलाई सत्यतथ्य जानकारी दिने उद्देश्यले डेटा एनालिटिक्स सफ्टवेयर सार्वजनिक भएको छ ।

  • नेप्से आज झण्डै ६ अंकले घट्यो

    काठमाडौं, असोज ३१ – शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ६ अंकले घटेको छ । सोमबार ४७ अंकभन्दा धेरैले बढेको नेप्से मंगलबार ५ दमशमलव ६२ अंकले घटेर १३ सय ५९ दशमलव १८ अंकमा झरेको हो ।

  • सटही व्यापारको चलन कायमै

    धनगढी, असोज ३१ – नेपालका कतिपय गाउँबस्तीमा एक वस्तुसँग अर्को बस्तु साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने पुरानो परम्परा अझै कायम रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया