MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
NIC Asia

परिवार नियोजनका साधनबारे ट्रम्पको नयाँ नीति, लाखौँ महिला निशुल्क सेवाबाट वञ्चित हुने

असोज २१ – डोनाल्ड ट्रम्प सरकारले परिवार नियोजन सम्बन्धी नयाँ नीति घोषणा गरेसँगै लाखौं अमेरिकी महिला परिवार नियोजनका साधनको पहुँचबाट वञ्चित हुने सम्भावना बढेको छ । नयाँ नीति अनुसार रोजगारदाता तथा बीमा कम्पनीहरुले धार्मिक मान्यता वा नैतिक अवधारणका आधारमा गर्भनिरोधका साधान नदिन पाउने भएका छन् । अमेरिकामा अहिले पूर्व राष्ट्रपति बाराक ओबामाको शासन कालमा लागु भएको अफोरडेबल केयर एक्ट अनुसार साढे पाँच करोड महिलाले रोजगारदाता कम्पनी तथा बीमा कम्पनी मार्फत निशुल्क रुपमा गर्भनिरोधका साधन प्रयोग गरिरहेका छन् । ट्रम्प प्रशासनले ल्याएको नयाँ नियम अनुसार रोजगारदाता कम्पनी तथा बीमा कम्पनीले आफ्नो धार्मिक मान्यता वा नैतिक अवधारणमा आघात पुग्ने भए गर्भनिरोधका साधन दिनु पर्नेछैन । यसबाट अहिले सेवा लिँदै आएका महिला मर्कामा पर्ने छन् । ट्रम्पले चुनावी अभियानको क्रममा ओबामा केयरलाई प्रतिस्थापन पर्ने प्रतिबद्धता जनाए अनुसार यो नियम ल्याउनु भएको हो ।

ट्रम्प प्रशासनले शुक्रबार घोषणाको धार्मिक कट्टरपन्थीले स्वागत गरेका छन् भने महिला अधिकारवादीले आलोचना गरेका छन् । यस विरुद्ध अमेरिकन सिभिल लिबर्टिज युनियनले अदालतमा मुद्दा दायर गरिसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया