MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata

उत्तर कोरियालाई अब एउटै चिजले काम गर्नेछ – ट्रम्प

असोज २२ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग वार्ताबाट समस्याको समाधान नहुने भन्दै ‘अब एउटै चिजले काम गर्ने’ बताउनु भएको छ । 

राष्ट्रपति ट्रम्पले शनिबार ट्वीटरमा लेख्नुभएको छ, ‘ राष्ट्रपति र उनीहरुको सरकारले २५ वर्षसम्म उत्तर कोरियासँग वार्ताद्वारा समस्याको समाधान निकाल्न खोजे । सहमतिहरु भए, ठूलो मात्रामा पैसा पनि सकियो तर त्यसले काम गरेन । सहमति पत्रको मसी सुक्न नपाउँदै सहमति तोड्ने काम भयो ।’ ट्रम्पले अब त्यस्ता वार्ता र सहमतिले समस्याको समाधान ननिस्कने बताउँदै लेख्नुभएको छ, ‘सरी, अब एउटै चिजले मात्र काम गर्नेछ !’

शनिबार अबेर ट्रम्पलाई रिर्पोटरहरुले ट्वीटको आशयका बारेमा सोध्दा चाँडै नै थाहा हुने बताउनु भयो । ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनका विरुद्ध अमेरिकी राष्ट्रपति सामाजिक सञ्जाल प्रयोग गरेको यो पहिलो पटक भने होइन । यसअघि उहाँले उत्तर कोरिया निरन्तर आणविक हतियारको विस्तारमा लागेको भन्दै नेता किम जोङ उनलाई ‘रकेट म्यान’ को संज्ञा दिनुभएको थियो । 

पछिल्लो समय उत्तर कोरियाले आफूले लामो दूरीका क्षेप्यास्त्रको विकास गरिरहेको दाबी गरिरहेको छ । यसअघि पनि राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय हित र आफ्ना सहयोगी राष्ट्रको रक्षाका लागि आवश्यक परेमो खण्डमा उत्तर कोरियालाई सिध्याइदिने धम्की दिनुभएको थियो । 

बिबिसी संवाददाता लाउरा बिकरका अनुसार ट्रम्पको शनिबारको ट्वीट अमेरिकी नेताको सांकेतिक घोषणा हुन सक्ने बताउनुभएको छ । गत हप्ता मात्रै अमेरिकी विदेश मन्त्री रेक्स टिलरसनले उत्तर कोरियासँग सिधा वार्ता गर्ने प्रयास गर्नुभएको थियो । यसमा पनि ट्रम्पले ट्वीट गर्दै लेख्नुभएको थियो, ‘आफ्नो उर्जा बचाएर राख्नुहोस् रेक्स, हामी गर्नेछौँ जे गर्नु पर्ने हो ।’

पछिल्लो समय उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बीचमा वाकयुद्ध चलिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया