MENU

अर्थ

Ncell Axiata
NIC Asia

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

काठमाडौं, असोज २२ – मलेसियास्थित रिया आइएमईले  दसैँ र तिहारको अवसरमा ल्याएको ‘दसैँ तिहारमा आइएमई गर्नुहोस्, घर सजाउनुहोस्’ सेवाग्राहीमूखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ ।

सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली विजेता घोषित हुनुभएको हो । 

सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाउनुभएको थियो । उक्त रकम नेपालको सिन्धुपाल्चोकस्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ । 

स्थापना कालदेखि नै विभिन्न स्किम ल्याउँदै आएको रिया आइएमईले यसपटकको दसैँ र तिहारलाई लक्षित गरी ‘दसैँ तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्, ’नामक सेवाग्राहीमूखी कार्यक्रम यही सेप्टेम्बर १देखि अक्टोबर मसान्तसम्म (दुई महिना)  संचालनमा ल्याएको छ । 

योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिन्छ । भट्टराई पहिलो भाग्यशाली विजेता छनोट हुनुभएको हो । 

भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामग्रीहरु वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ ओभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नुहुनेछ । उपहार प्राप्तगर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया