MENU

अर्थ

Ncell Axiata
NIC Asia

सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, असोज २३ – पूर्व र मध्य नेपाल कार्यक्षेत्र रहेको सपोर्ट माइक्रोफाइनान्सको साधारण शेयरमा आवेदन दिने  सोमबार अन्तिम दिन हो । असोज १८ देखि खुला भएको शेयरका लागि सोमबार दिउँसो ३ बजेसम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक  एनएमबी क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् । माइक्रोफाइनान्सले असोज १८ देखि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो ।

आवेदन आस्बाका सदस्य हरेका बैक तथा वित्तिय संस्था र बिक्री प्रवन्धक एनएमबी क्यापिटलको कार्यालय नागपोखरी काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

सपोर्ट माइक्रोफाइनान्स पाँचथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर गरी १० जिल्लालाई कार्यक्षेत्र बनाई २०७२ साल साउनदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

अहिले चार करोड रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको आईपिओ निष्काशनपछि चुक्ता पूँजी पाँच करोड ८० लाख रुपैयाँ पुग्नेछ । संस्थाले गत आर्थिक वर्षमा ४८ लाख तीन हजार रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया