MENU

बातावरण-कृषि

Ncell Axiata

जावलाखेलमा पुष्प प्रदर्शनी हुने

ललितपुर, असोज २३ – ललितपुरको जावलाखेलमा ११ औँ प्रतियोगितात्मक गोदावरी पुष्प प्रदर्शनी मेला हुने भएको छ । तिहारलाई लक्षित प्रदर्शनी गरी असोज २६ गते देखि ३० गतेसम्म प्रदर्शनी हुनेछ ।

मेलामा गोदावरीका विभिन्न चारजात समेटिएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितात्मक प्रदर्शनी भएकोले चारजातका गोदावरी फूल राखेर प्रतिस्पर्धा गराउनका लागि एउटा छुट्टै स्टल रखिने छ ।

मेलामा व्यावसायिक स्टल ४४ र अफिसियल गरी ४९ स्टल रहने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ  । मेलाका बारेमा मंगलबार पत्रकार सम्मेलन गर्ने एसोसिएसनले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया